arrow

मन्त्री खनालले धान रोप्दा सर्वसाधारण चकित

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
mantri-dhan.jpg

कपिलववस्तु । असार १५ गत लाई धान दिवसको दिनको रुपमा मनाईदै आएको छ । नेपाल सरकारले ‘धान उत्पानमा वृद्धि राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरेर १५ औं धान दिवस मुलुक भरि मनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायतका सिफारिसमा सरकारले काठमाडौँको दक्षिणकालीमा समेत धान दिवसको आयोजना गरेको थियो । नार्क लगायतका कृषि, भुमि व्यवस्था तथा सहकार मन्त्रालयका अधिकारीहरुको सहभागितामा काठमाडौंको दक्षिणकालीमा धान दिवस मनाइएको हो ।

तर, यसपटकको धान दिवसको अवसरमा कृषि, भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल भने कपिलबस्तुमा पुगेर धान दिवस मनाएका छन् । कपिलवस्तुको तिलौराकोटमा उनले नाच्दै गाउँदै, धान रोपेर भव्य रुपमा धान दिवस मनाए । रोपाई स्थलमा सर्वसाधारणहरु सँगै नाच्दै गाउँदै सर्व साधारणलाई खुसी पारेका कृषि मन्त्री खनालले अरु भन्दा छिटो छिटो धान रोप्दा सर्वसाधारण खु चकित परेका थिए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा सरकारले विस २०६२ साल देखि असार १५ लाई धान दिवसको रुपमा मनाइदै आएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ