arrow

शिक्षिका र छात्रालाई सेनेटरी तालिम

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार १६ शनिबार
senitary.JPG

स्याङ्जा ।  महिनावारी भएका बेला महिला विद्यार्थीलाई विद्यालयमा असहज महशुष हुन थालेपछि वालिङ नगरपालिका भित्र रहेका सामुदायीक र नीजि २७ विद्यालयका शिक्षिका र छात्रालाई दुई दिने सेनेटरी तालिम शुरु भएको छ ।

 महिनावारी भएका बेला पुन: प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने प्रयोगात्मक तालिम शुरु भएको हो । महिला वालवालिका तथा जेष्ठ मन्त्रालयको सहयोग र विसवास भन्ने संस्थाको साझेदारमा २७ विद्यालयका एक शिक्षिका र एक छात्रालाई उक्त तालिम प्रदान हुने छ । कक्षा ७ देखि १० सम्मका अध्ययनरत छात्राहरु महनिावारी भएका बेला विद्यालय नजाने र छाड्ने समस्या आएपछि यसको न्युनिकरणका लागि प्याड बनाउने तालिम उपलव्ध गराउन खोजीएको वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले बताईन् ।

शिक्षा र स्वास्थ्य सगँ जोडिएको महिला विद्यार्थीको लागि यो समस्या निकै विकराल बन्दै गएको छ । शौचालयको अभाव त्यसैमा पनि महिनावारी भएका बेला महिला विद्यार्थीलाई चाहिने च्यान्ज रुम नहुँदा छात्राहरुले निकै समस्या झेल्न बाध्य छन् । यसलाई व्यवस्थीत बनाउन महिला विद्यार्थीलाई मिहिनावारी भएका बेला पनि विद्यालय जान सक्ने सहज बातावरण बनाउन यो सेनेटरी प्याड बनाउने तालिम उपयागी हुने उपप्रमुख तिवारीको भनाई छ ।

हरेक विद्यालयका एक एक जना छात्रा र शिक्षिकालाई यो तालिम उपलव्ध गराएपछि तालिमको उपयोग सोही विद्यालयमा गर्ने गरी यो तालिम आयोजना गरिएको हो । तालिम शिक्षा र स्वास्थ्य सगै व्यवसायी पनि हुन सक्ने अपेक्षा गरिएको छ । २७ छात्रा विद्यार्थी र २७ महिला शिक्षिका तालिममा सहभागी भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ