arrow

सन्दीप लामिछानेको महंगो बलिङ, यस्तो छ नतिजा 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
canada_cricket.jpg

काठमाडौं । क्यानडामा जारी ग्लोवल टी–२० क्रिकेटमा नेपाली युवा ढुकढुकी सन्दीप लामिछानेले महंगो बलिङ गरेका छन् । सन्दीप सम्मिलित मोन्ट्रेयल टाइगर्सले लगातार दोस्रो हार व्यहोरेको छ।

पहिलो खेलमा विनिपेग हग्ससँग ४६ रनले पराजित भएको टाइगर्स शनिबार भएको दोस्रो खेलमा सिडब्लुआई बी टिमसँग २ विकेटले पराजित भयो । पहिले ब्याटिङ गर्दै टाइगर्सले ९ विकेटको नोक्सानीमा १८४ रन बनायो । 

सिकन्दर राजाले सर्वाधिक ४६ रन बनाए भने सन्दीपले १ बलमा नटआउट १ रन जोडे । जवाफमा सिडब्लुआईले १९.१ ओभरमा ८ विकेटको नोक्सानीमा विजय लक्ष्य पूरा गर्यो । 

निकोलस पुरनले ५८ तथा ब्रान्डन किङले ५६ रन जोडे । अष्ट्रेलियन खेलाडी पिटर सिडल र श्रीलंकन खेलाडी लासिथ मालिंगाले समान २–२ विकेट लिँदा सन्दीपको भागमा १ विकेट पर्यो । उनले ४ ओभर बलिङ गर्दा ५७ रन खर्चेर १ विकेट लिएका हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ