arrow

राष्ट्रपति कृषक पुरस्कार पाउनेमा क-कसको छ नाम

logo
प्रकाशित २०७५ असार १८ सोमबार
farmer.png

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार आगामी बुधबार वितरण गर्न लागेको छ । कृषि पेशामा आबद्ध रहेका तथा कृषि पेशामा विशिष्ट योगदान पुर्‍याउँदै आएका किसानलाई उक्त पुरस्कार वितरण गर्न लागेको हो । उक्त पुरस्कार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विभागमा आगामी बुधबार वितरण गरिने कृषि मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका अनुसार यस वर्षको सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार राजेन्द्रराज पन्तलाई दिइने भएको छ । उनलाई गाई पालन विधामा उक्त पुरस्कार दिइने भएको हो । उनलाई नगद २ लाख सहित प्रमाण पत्रले सम्मान गरिने छ ।

त्यस्तै चिवनका योगेन्द्रबहादुर खड्कालाई बाख्रापालन विधाको पुरस्कार दिइने भएको छ । त्यसैगरी बाँकेका लालबहादुर सुनुवारलाई च्याउ खेतीमा योगदान पुर्‍याए वापत राष्ट्रिपति उत्कृष्ट कृषक पुरस्कार दिइने भएको छ । उनीहरुलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै धनुषाका बौएलाल मुखियालाई माछा उत्पादन र कैलालीका रामबहादुर कुँवरलाई केरा खेतीमा उत्कृष्ट योगदान पुर्‍याएवापत नगद १ लाख रुपैयाँ सहित सम्मान गर्न लागेको मन्त्रालयले जानकार दिएको छ । किसानहरुलाई थप प्रोत्साहन गर्न र किसानको योगदानलाई सम्मान गरी कृषि पेशालाई मर्यादिन बनाउने उद्येश्यले सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रत्येक वर्ष वितरण गर्दै आएको छ । सरकारले सुचना प्रकाशित गरेपछि किसानहरुले जिल्लामा निवेदन दिनु पर्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ