arrow

ग्राहकको सेवाका लागि हामी ७७ वटै जिल्लामा छौं, घरमै पुगेर सेवा दिन्छौं – सीजी इलेक्ट्रोनिक्स

'ग्राहक दक्ष हुनुहुन्छ टिसिएल नै रोज्नुहुन्छ'

logo
प्रकाशित २०७५ असार १८ सोमबार
cg-electronics.jpg

काठमाडौं। रुसमा जारी विश्वकप फुटबलको मध्यसम्म आइपुग्दा नेपालमा विश्वकपको रौनक चरमसीमामा पुगेको छ। पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो पहुँचसँगै नेपालमा सबै क्षेत्रका र सबै वर्गका मानिसहरुको रूची यसतर्फ थप जागेको छ।

यसैक्रममा विश्वकपको अवसर पारेर टेलिभिजन बिक्रेता कम्पनीहरुले विश्वकप विशेष टीभी तथा अफरहरु ल्याउने गरेका छन्। यसै अफरको फाइदा उठाउँदै  आफ्ना घरमा नयाँ प्रविधिको टीभी जडान गरेर विश्वकपको मज्जा उठाउने उपभोक्ताको समेत घुइँचो लाग्ने गरेको छ।

विश्वकप आउनु केहीसमय अगाडिबाट सुरु भएको यो चटारो हाल आधा विश्वकप सकिँदासम्म उस्तै रहेको छ। विश्वकपको रौनकले बजारमा टेलिभिजन व्यापार मौलाउँदै गर्दा यसको अवसर पारेर  टेलिभजन किन्ने उपभोक्ताहरु बढेको व्यवसायीहरुको भनाइ छ ।

यसै विश्वकपलाई ध्यानमा राखेर नेपालका लागि टिसिएल, एलजी तथा सीजी टेलिभिजनको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले विभिन्न छुटको प्याकेज ल्याएको छ। यसै विश्वकपलाई आधार मानेर हामीले नेपालका लागि टिसिएल टेलिभिजनको नक्साल सोरुमका इन्चार्ज शंकर मालमुल तथा प्रोडक्टिभ ट्रेनर बिक्रम श्रेष्ठसँग संयुक्त रुपमा गरेको कुराकानीको मूख्य अंश :


जारी विश्वकपको अवसरमा टिसिएल टेलिभिजनको व्यापार कस्तो भइरहेको छ ?   
ग्राहक वर्गले टिसिएललाई राम्रै रुचाएका छन् । कम मूल्यमा र उच्च गुणस्तर तथा विश्वकपको वि‍शेष अफरले गर्दा पहिलेको तुलनामा थप ३० प्रतिशत दैनिक टेलिभिजनको व्यापार भैरहेको छ ।  पछिल्लो समय  नेपाली टेलिभिजन बजारमा टिसिएलले समग्रमा ३० प्रतिशत भन्दा बढी बजार ओगटिसकेको छ ।

यस विश्वकपको अवसरमा ग्राहकका लागि कस्ता अफरहरु ल्याउनु भएको छ ?
जारी विश्वकपका लागि भनेर हामीले टिसिएल टेलिभिजनमा २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छौं । साथै हामीले आफ्ना टेलिभिजनमा नेपालमै पहिलो पटक तीन वर्षको ‘वारेन्टी’ समेत उपलब्ध गराएका छौं । जसबाट ग्राहकहरुले विश्वासका साथ धेरै रुचाएर खरिद गरिरहनु भएको छ ।

विश्वकपलाई ध्यानमा राखेर टिसिएलले नेपाली बजारमा कस्तो टेलिभिजन उपलब्ध गराएको छ ? साथै यस ब्राण्डका कुन टीभी ग्राहकवर्गमा लोकप्रिय रहेका छन् ?
नेपाली बजारमा हाल हामीले साधारण एलइडी टीभीदेखि लिएर एचडी, अल्ट्रा एचडी, स्मार्ट टीभीका साथै कर्भ टीभी र फोर के फिचरका टेलिभिजन ल्याएका छौं । टिसिएलका हरेक टीभी ग्राहकवर्गमा रुचाइएको छ। जस्तै युवा वर्गले केही रकमबढी तिरेर भएपनि कर्भ तथा फोर के फिचर्सको टेलिभिजनमा खरिद गर्न रुचि देखाउनुहुन्छ भने अलि पाका ग्राहकहरुले एलइडी टीभी धेरै रुचाउनु भएको छ । साथै मध्यम उमेरका ग्राहकहरुले जो विदेश बसेर आउनु भएको हुन्छ उहाँहरुले प्रायः स्मार्ट टीभीमा रुचि देखाउनु हुन्छ । कम मूल्यमा राम्रो क्वालिटीले गर्दापनि हाम्रो टेलिभिजनमा सबै ग्राहक आकर्षित हुनुभएको छ ।  

टिसिएल जस्तो अन्तर्राष्ट्रिय ब्राण्ड नेपालमा कहिले भित्रियो र नेपाली बजारमा टिसिएलको अवस्था कस्तो रहेको छ ?  
नेपालमा करिब ६ वर्ष अगाडि सीजीले टिसिएएल टेलिभिजन भित्र्याएको हो। नेपालमा टिसिएल भित्रिदा साधारण कलर टेलिभिजनको रुपमा बजारमा ल्याएका थियौं भने हाल एलइडी ३२ इन्चदेखि फोर के ६५ इन्चसम्मका टेलिभिजन यसमा उपलब्ध रहेका छन् । हाल हामी नेपाली बजारमा सर्वाधिक बिक्री हुने टेलिभिजनमा पर्दछौं भने विश्व बजारमा तेस्रो सर्वाधिक बिक्री गर्ने लोकप्रिय ब्राण्डको रुपमा रहेका छौं ।

नेपाली बजारमा प्रवेश गर्दा कस्तो संभावना देखेर प्रवेश गरेको थियो ? आफ्नो ब्राण्डलाई स्थापना गराउन के कस्ता चुनौतीको सामना गर्नु पर्यो ?
सुरुमा त हामी नेपाली बजारमा साधारण कलर टिभीबाट सुरु गरेका थियौं । नेपालजस्तो औसत मध्यम वर्गीय समाजका लागि कम मूल्यमा राम्रो तथा नयाँ प्रविधि सहितको टेलिभिजन उपलब्ध गराउने लक्ष्यका साथ हामी नेपाली बजारमा उपलब्ध भएका थियौं । त्यो समय कस्तो थियो भने चाइनिज सामान भनिसक्दा आम उपभोक्तामा कमसल सामान भन्ने छाप रहेको थियो । त्यस्तो अवस्थामा ग्राहकमा हामीले आफ्नो सामानका बारेमा बुझायौं । जब मान्छेले छोए, हेरे, प्रयोग गर्न थाले त्यसपछि ग्राहकलाई थाहा भयो हाम्रो क्वालिटि सर्भिसमा । अहिले अब ग्राहकहरुलाई यो ब्राण्ड राम्रो छ भन्ने महशुस  भएको छ। । चिनियाँ ब्राण्ड भएपनि ग्राहकहरुलाई राम्रो सेवा सुविधा दिन सक्यौं । ग्राहकका फिडव्याकलाई हामीले प्राथमिकता दिन सक्यौं । यसकै कारण अहिले टिसिएलको माग राम्रै भइरहेको छ ।

आम उपभोक्ताले टिसिएल टेलिभिजन कसरी खरिद गर्न सक्छन ?
हामीले हाल काठमाडौं उपत्यकाभित्र रवि भवन, टंगाल, कुमारीपाटी, त्रिपुरेश्वर र नयाँ बजारमा गरेर ५ वटा सोरुमबाट बिक्री गरिरहेका छौं भने नेपालभर हाम्रा १५० भन्दा बढी रहेका हाम्रा डिलरबाट पनि खरिद गर्न सक्नुहुनेछ । यसका साथै नेपाली समाजमा बढ्दो डिजिटलाइजेसनलाई ध्यानमा राख्दै हाम्रो वेबसाइट सिजि डिजिटलमा गएर समेत अनलाइन रुपमा पनि खरिद गर्न सक्नुहुनेछ । साथै अनलाइन खरिदमा छुट्टै छुट (डिस्काउन्ट) समेत प्राप्त गर्न सकिने छ ।  अनलाइन खरिद गर्दा पेमेन्ट होम डेलिभरिको समयमा समेत गर्न सक्नुहुनेछ। प्रमुख शहरमा सामान अर्डर गरेको सोही दिन र ४८ घण्टाभित्र जुनसुकै स्थानमा निः शुल्क रुपमा होम डेलिभरिको व्यबस्था गरेका छौं ।

इलेक्ट्रोनिक्स सामान खरिद गरिसकेपछि बिग्रिन्छन् पनि, त्यस्तो अवस्थामा तपाईहरुले आफ्ना ग्राहकहरुलाई कसरी सेवा दिनुभएको छ ?
हाम्रो सबैभन्दा ध्यान दिएको पक्ष भनेकै खरिदपछिको सेवा नै हो । नेपालभर रहेको हाम्रो १ सय ५० भन्दा बढी डिलरबाट सर्भिसिङको सम्पूर्ण सुविधा प्राप्त गर्न सक्नु हुनेछ । साथै फोन गरेकै भरमा  हाम्रा सर्भिसिङ स्टाफ घरमा नै पुग्दछन् । साधरण किसिमको समस्या भए तुरुन्तै समाधान गर्न सकिन्छ भने जस्तोसुकै जटिल समस्या देखापरेमा बढीमा एक हप्तासम्म  लाग्न सक्छ । हाम्रा पार्टहरु सस्तो, सर्वसुलभ रहेका छन् ।

आम मानिसले टेलिभिजन खरिद गर्दा टिसिएल नै रोज्नु पर्ने कारण ?
खासगरी हाम्रा टेलिभिजन अन्य कम्पनीका भन्दा तुलनात्मक रुपमा सस्तो तथा राम्रो क्वालिटिका छन् । ग्राहकले हाम्रो टेलिभिजनमा ३ वर्षको वारेन्टी पाउँछन् जुन नेपालमा अन्य कम्पनीको टेलिभिजनमा उपलब्ध छैन । ग्राहकले सामान खरिद गरेर घर लगेर मात्र हाम्रो जिम्वेबारी सकिँदैन। इलेक्ट्रिक सामान हो कुनै पनि बेला केही बिग्रन पनि सक्छ । त्यसैको लागि नेपालका ७७ वटै जिल्लामा हाम्रा डिलर रहेकाले तुरुन्तै सर्भिसिङको व्यवस्था रहेको छ । हामीले हाम्रा ग्राहकका लागि छुट्टै टोल फ्रि नम्वरको व्यवस्था गरेका छौं जसमा सर्भिसिङका लागि फोन गर्दा पैसा नलाग्नुका साथै हरेक खरिद गरेको ग्राहकको आइडीको पहिचानबाट नै हाम्रा सर्भिसिङ स्टाफ सम्बन्धित स्थानमा पुग्दछौं । यसकारण अन्य कम्पनीको टेलिभिजन किनेर पछि समस्या पर्दा ग्राहक डिलर पुगेर पर्खिनु राम्रो कि टिसिएलको टेलिभिजन किनेर पछि समस्या पर्दा डिलर स्वयं ग्राहककोमा पुगेर समस्याको समाधान गर्दिनु राम्रो ? नेपाली ग्राहक स्मार्ट भैसक्नु भएको छ । त्यसैले टेलिभिजन खरिद गर्दा टिसिएलकै खरिद गर्नुहुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

अन्त्यमा, विश्वकप फुटबल चलिरहेको छ यसै सन्दर्भमा टिसिएलले खेलकुद क्षेत्रलाई कसरी लिएको छ ?
टिसिएलले विश्वकपलाई ध्यानमा राख्दै गत जनवरीबाट ‘ग्लोबल ब्राण्ड एम्बेसेडर’ को रुपमा ब्राजिलका युवा खेलाडी नेयमारलाई ‘स्पोन्सर’ गरिरहेको छ । साथै आगामी दिनमा नेपाली खेलकुद क्षेत्रमा पनि चाँडै नै टिसिएललाई देख्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ