arrow

लिभरपुलसँग सलाहको पाँच वर्षको नयाँ सम्झौता 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
mohammad-salaha.jpg

काठमाडौं । विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको इजिप्टका फरवार्ड मोहम्मद सलाहको व्यवसायिक फुटबल भने झनै मजबुद बनेको छ । टिमसंगै सलाह पीडामा रहे पनि इंगलिश क्लव लिभरपुलले सलाहलाई ठूलो राहत दिएको हो । लिभरपुलले सलाहसंग आगामी पाँच वर्षको लागि नयाँ सम्झौता गरेको छ । 

गएको सिजनमा उनी लिभरपुलमा तीन करोड ४० लाख पाउण्डमा आबद्ध भएका थिए । उनले क्लबबाट ५२ खेलमा ४४ गोल गरिसकेका छन् । 

सन् २०२३ सम्मका लागि सलाह लिभरपुलमै रहनेछन् । अहिले सार्वजनिक गरिएको विवरणमा रिलिजको रकम भने तोकिएको छैन । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले अहिले भएको सम्झौताले क्लबको उनीप्रतिको विश्वास र उनको क्लबप्रतिको विश्वासलाई पुष्टि गरेको बताएका छन् । प्रिमियर लिगको गत सिजनमा उनले ३२ गोल गरेका थिए । उनले ३८ खेल खेलेका थिए । उनले गोल्डेन बुट पनि जितेका थिए । 

गत सिजनमा गरेको राम्रो प्रदर्शनको कारण उनी एक व्यावसायिक फुटबलरको रुपमा स्थापित भएका छन् । सलाहले क्लबसँगको नयाँ सम्झौतामा आफू निकै खुसी रहेको बताएका छन् । पहिलो वर्षमा क्लबमा आफू र आफ्नो परिवारका लागि निकै राम्रो अनुभव मिलेको पनि उनले उल्लेख गरे । उनले त्यसका लागि लिभरपुलका समर्थकहरुलाई उनले धन्यबाद दिए । 

क्लबसँगको सँगको यात्रामा आगामी दिनमा पनि धेरै सफलता गर्न सकिने उनले विश्वास थियो । सलाहले गत सिजनमा निकै राम्रो प्रदर्शन गरेका थिए । 

उनको प्रदर्शनको सहयोगमा लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । फाइनल खेलमा काँधको चोटको सामना गर्दै सलाह आधाघण्टापछि मैदानबाट बाहिरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ