arrow

अन्धाधुन्ध खर्च : एकै दिन १२ अरब स्वाहा !

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
asare_bikas_.jpg

काठमाडौं । चालु अािर्थक वर्ष २०७४/०७५ सकिनै लाग्दा सरकारले असारे विकासलाई तिव्रता  दिएको छ । सरकार आर्थिक वर्षको अन्तिममा आइपुग्दा कम खर्च भएको भन्दै अन्धाधुन्ध खर्च गर्न थालेको हो । 

आर्थिक वर्ष सकिन दुई हप्ता समेत बाँकी नभएको अवस्थामा सरकारले ९ खरब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार मंगलबारसम्म कुल ९ खरब २३ अरब १३ करोड रुपैयाँ खर्च भएको छ । यो खर्च कुल बजेटको करिब ७२ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १२ खरब ७८ अरब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमा चालु खर्च खर्चतर्फ ८ खरब ३ अरब ५३ करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ ३ खरब ३५ अरब १७ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ ६ खरब ५१ अर्ब ८९ करोड रुपैयाँ खरब भएको छ । त्यस्तै पुँजीगत खर्चतर्फ १ खर्ब ८० अरब ५ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षमा वित्तियतर्फ कुल १ खर्ब ४० अरब २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसमध्ये ९१ अरब रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मंगलबार मात्रै १२ अरब ९६ करोड रुपैयाँ खर्च गरिएको छ । आर्थिक वर्षको अनित्ममा आइपुग्दा खर्च गर्ने चटारो बढ्ने प्रवृत्ति नयाँ भने होइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ