arrow

हाकिमले पाएनन् कमिसन, रोकियो २३ लाखको काम

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार २० बुधबार
bajhang_district_map.png

बझाङ। जिल्लाको घरेलु तथा साना उद्योग विकास कार्यलयकी कार्यलय प्रमुख सन्तोसी नेपालीको लापरबाहीले उपभोक्ताहरुको लागि दिनुपर्ने उद्योग व्यवसायको झण्डै २३ लाख रकमको काम नहुने भएको छ । असार महिना वित्न लाग्दा समेत साना उद्योग व्यवसायीलाई अनुदान दिनुपर्ने २३ लाखको हालसम्म उपभोक्ताहरुसंग सम्झौता गर्न ढिला सुस्तीले कार्यक्रम नहुने भएपछी अनुदान पाउन छनौट भएका व्यवसायीहरु आक्रोशित भएका छन् ।

कार्यलयबाट उद्योग व्यवसायीहरुका लागि दिनुपर्ने सामाग्रीहरुको सुचना प्रकाशित गरी सप्लायर्सहरुबाट सामान खरीद गर्नुपर्ने भएपनि कार्यलय प्रमुख नेपालीले सप्लायर्सहरुबाट कमिसनको चलखेल नमिल्दा सामाग्री ढुवानीमा ढिलाई हुने भएपछी यस बर्षको सो कार्यक्रमको रकम फ्रिज हुने निश्चीत भएको छ ।

कार्यलयको उपयुक्त प्रविधि हस्तन्त्रण कार्यक्रम अन्तर्गत कुखुरा फर्म, सिलाईकटाई, व्यवसायीक तरकारी खेती, मासु पसल फर्निचरका उद्योमी व्यवसायीका लागि दिनुपर्ने सामाग्रीहरु हाकिमकै कमिसनको तालमेल नमिल्दा हालसम्म पनि सामान खरीदका लागि सुचना नै प्रकाशित नगरेको सो कार्यक्रमका लागि छनौट भएका कुखुरा व्यवसायी लोकेन्द्र खड्काले जानकारी दिए ।

घरेलु विकासको साना अनुदान कार्यक्रमका लागि झण्डै तीन महिना अघिनै ३० जना उद्योग व्यवसायी किसनाहरुलाई छनौट गरेको थियो । 'हामीलाई उपयुक्त प्रविधी हस्तान्त्रण मार्फत प्रतीब्यक्ती ५० हजार देखि एक लाख बराबरको अनुदान सामाग्री पाईने भनेर निवेदन माग गरियो ।' चैनपुरमा कुखुरा व्यवसायी गर्दै आएका लोकेन्द्र खड्काले भने 'तर हाकिम सन्तोसी नेपालीको गलत नियतले हामीहरु सरकारी सेवाबाट बन्चित भयौ ।'

उनी जस्तै अर्का सिलाईकटाईका व्यवसायी मिन बहादुर दमाईले पनि सिलाई कटाई मेसीन पाइएला भनेर ढुक्क भएका थिए । हाल आएर हाकिमले यो कार्यक्रम हुदैन भनेपछि निराश भएको गुनासो गरे । कार्यलयबाट छानौट भएका व्यवसायीहरुबाट एक एक हजार समेत कार्यलयले असुल गरेको उनको भनाइ छ  ।

उनी जस्तै दिपक नेपाली , कुखुरा व्यवसायी प्रेम प्रकाश छत्याल, खडक दमाई, लगाउतका व्यवसायीहरुको समेत यस्तै गुनासो छ । विभागबाट आर्थीक बर्षको दोस्रो चौमासीकमानै निकासा भएको यस कार्यक्रमको बजेट कार्यलय प्रमुख नेपालीले धनगढीमा रहेका सप्लायर्सहरुसंग पैसाको लेनदेन नमिल्दा कार्यक्रमलाई ढिला सुस्ती गरेको घरेलु विकास कार्यलयका एक कर्मचारीले नाम नखुलाउने सर्तमा जानकारी दिए ।  यता घरेलु विकास समितको उद्योग विकास अधिकृत सन्तोसी नेपालीले भने यस कार्यक्रममा कुनै गलत नियत नभएको प्राविधी कारणबस ढिला भएर यस बर्ष यो कार्यक्रम नहुने जानकारी दिईन् ।
 
आर्थीक बर्ष २०७३-०७४ मा समेत कार्यलय प्रमुख नेपालीले कमिसन छनौट भएका सेवा ग्राहीहरुले गुनासो गरेका छन् । पोल्टी फर्मका संचालक नरेन्द्र खड्काका अनुसार त्यती बेला आफुले १ लाख बराबरको अनुदान पाएका थिए । त्यसमा २३ हजार रुपैया घरेलु विकासलाई बुझाएको बताए । घरेलु विकासले सामाग्री खरीद गरेर आफुले बुझ्दा ५० हजारको मात्रै सामान आएको र आफुले सामान नलिने आफु अक्तीयारमा जाने भनेपछी आफुलाई नेपालीले  ४० हजार नगद फिर्ता गरेको बताए । उनका अनुसार गत बर्ष खरीद गरेको सामानमा नेपालीले सप्लायर्ससंग मिलेर दोब्बर मुल्य बृद्धि गरेको उनको गुनासो छ ।

जस अनुसार चारा खुवाउने सानो भाँडाको आफुले खरीद सहीत ११० मा खरीद गरी १५५ मा विक्री गर्ने गरेको भए पनि त्यही सामान घरेलुले खरीद गर्दा २०० मुल्य तिरेको यस्तै भुस्सा भकारीको २ हजार ५ सय पर्ने ठाँउ ४ मा हजारमा खरीद गरेको, प्लाष्टिकको क्यारेट बजारमा ४ सय पर्नेको ७५० मा खरीद गरेको खड्काको भनाई छ । यस्तै कुखुरालाई दाना खुवाउने मध्यम खालको भाँडाको  बजारमा २१० पर्ने ४५० राखीएको, हिटरको २ हजार पर्ने भए पनि ४ हजार रेट हाले पछी  आफुले अख्तियारमा जाने भने पछी ४० हजार फीर्ता गरेको सुलोन पोल्ट्र्री फर्मका संचालक नरेन्द्र खड्काले बताए ।

यता कार्यलय प्रमुख सन्तोसी नेपालीले भने गत बर्ष ५० लाखको कार्यत्रक्रममा २० लाख फ्रिज भएको र यस बर्ष पनि जिल्लामा व्यवसायीहरुलाई खरिद गर्ने सामाग्री सप्लायर्स नभएकाले काम गर्न कठप्न भएको प्रतिकृया दिइन् ।  सो  कार्यक्रममा छनौट भएका व्यवसायीहरुले मलाई कमिसन चलखेलले काम नभएको भन्ने आरोप निराधार भएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ