arrow

वन बिस्तारका लागि कञ्चनपुरमा १० लाख बिरुवा उत्पादन

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असार २० बुधबार
baan.jpg

पुनर्वास ।  राष्ट्रिय वन दशक कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन वन कार्यालयले कञ्चनपुरमा १० लाख बिरुवा उत्पादन गरि बितरणको अन्तिम तयारी सुरु गरेको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गरि स्थानियको आर्थिक उपार्जनको माध्यम वन पैदावर बनाउन नेपाल सरकारले ल्याएको राष्ट्रिय वन दशक कार्यक्रम यति बेला कञ्चनपुरको दक्षिणी क्षेत्रमा बिशेष महत्वका साथ सञ्चालन गरिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला भरी नै वन पैदावर वृद्धि गर्ने जिल्ला वन कार्यालयको लक्ष्य भए पनि यस पटक जिल्लाको दक्षिणी क्षेत्रको बेलौरी र पुनर्वासमा बिशेष अभियान नै चालिएको जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख तथा जिल्ला वन अधिकृत शिव शर्माले बताए ।

सदरमुकाम देखि टाढा रहेको पुनर्वास र बेलौरी क्षेत्रमा वन कार्यालयले पहुँच बिस्तार गरि वन पैदावरको वृद्धि र उत्पादनमा स्थानिय संग हातेमालो गर्दै वन दशक कार्यक्रमलाई जनस्तर सम्म पुगाएर प्रभावकारी बनाएको जिल्ला वन अधिकृत शर्माले बताए ।

जिल्लामा वन बिस्तार र हरियाली प्रबर्द्धनका लागि १० लाख बिरुवा उत्पादन गरिएको मा ६ लाख बिरुवा पुनर्वास र बेलौरीमा मात्रै उत्पादन गरिएको जिल्ला वन अधिकृत शर्माले बताए ।

बाताबरणीय सन्तुलन बनाइ राख्न सघाउने वनको बिकास ,बिस्तार र प्रबर्द्धनका लागि नीजि क्षेत्रको समेत सहभागिता जुटाई बिरुवा उत्पादन गरिएको छ ।

वन पैदावर उत्पादनमा कृषकहरुलाई आकर्षित गर्न सफल वन कार्यालयले पुनर्वास ,बेलौरी क्षेत्रमा  दुई दर्जन निजी वन दर्ता र दुई दर्जन भन्दा बढी वन दर्ताको प्रकृयामा रहेको कुण्डा सेक्टर वन कार्यालयले जनाएको छ ।

कुनै समयमा उजाड नांगो देखिने पुनर्वास र बेलौरी  क्षेत्र स्थानियको सहभागिताले घना वन बन्दै गएको छ । वन पैदावर उत्पादनमा स्थानिय कृषकहरुको मोहका कारण वन पैदावरको उत्पादनमा वृद्धि भइ रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ