arrow

सर्वोत्कृष्ट कृषि पुरस्कार पाउने को हुन् २ सय ६० गाईका मालिक पन्त

logo
प्रकाशित २०७५ असार २० बुधबार
panta.JPG

काठमाडौं । २०७४ सालको राष्ट्रपति सर्वेत्कृष्ट कृषक पुरस्कार गोरखा पालुङटार ७ का राजेन्द्रराज पन्तले पाएका छन् । उनलाई बुधबार हरिहरभवन कृषि विभागको कार्यालयमा भुमि, व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले पुरस्कार वितरण गरे ।

उनले गोरखामा २ सय ६० गाई पालेर कृषिक पेशामा आबद्ध रहेको र कृषि पेशावापत मुलुकको कृषि क्षेत्रमा ठुलो योगदना पुर्‍याएको भन्दै सरकारले उनलाई राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७४ द्धारा सम्मान गरिएको हो । सर्वोत्कृष्ट पुरस्कार सहित सम्मान पत्रले उनील सम्मानित भएका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सह प्रवक्र संकर सापकोटोले जानकारी दिए ।

को हुन् पन्त ?
२०५२ सालमा कामधेनु गाई पालन केन्द्रबाट कृषि पेशामा आबद्ध भएका उनका २ सय ६० वटा दुधे गाई र ४० वटा बाच्छाबाच्छी पुगेका छन् । उनले ३ सय ४० रोपनी जग्गामा घाँसेखेती गर्दै आएका छन् । १७ रोपनी जग्गामा गाई गोठ प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, पराल राख्ने धर लगायतका भौतिक संरचना रहेका छन् । परिवारमा ५ जना सदस्य भएका उनको गाईफर्ममा ३५ जना स्थायी कर्मचारी रहेका छन् । उनको गाई फर्मबाट दैनिक दुध उत्पादन १४ सय लिटर देखि १५ सय लिटर हुने गरेको छ । गाई पालनबाटै उनको वार्षिक आम्दानी १ करोड ५ लाख हुने गरेको छ । उनले होलिस्टिन र जर्सी नश्लका गाई पालन गरेका छन् । त्यस्तै मिल्किङ मसिन र घाँस काट्ने मसिनहरुको प्रयोग गरी अत्याधुनिक प्रविधिबाट गाई पालन गर्दै आएका छन् ।

उत्कृष्ट राष्ट्रपति कृषक पुस्कार
त्यस्तै बुधबार नै सरकारले उत्कृष्ट राष्ट्रपति कृषक पुस्कार पनि वितरण गरेको छ । कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार  राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार पाउनेमा भरतपुर २३ चितवनका योगेन्द्रबहादुर खड्का रहेका छन् । उनी विगत पाँच वर्ष देखि बाख्रा पालन व्यवसायमा आबद्ध रहेका छन् । त्यस्तै खजुरा बाँकेका लालबहादुर सुनुवारलाई च्याउ खेतीवापत कृषि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सरकारले सम्मान गरेको छ । त्यस्तै धनुषा नुनपट्टि गाउँपालिकाका बौएलाल मुखियालाई माछा उत्पादन र टिकापुर कैलालीका रामबहादुर कुँवरलाई केरा खेती वापत कृषि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सरकारले नगद एक एक लाख सहित सम्मान गरेको हो ।

किसानहरुलाई थप प्रोत्साहन गर्न र किसानको योगदानलाई सम्मान गरी कृषि पेशालाई मर्यादिन बनाउने उद्येश्यले सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रत्येक वर्ष वितरण गर्दै आएको मन्त्रालयका सहप्रवक्ता सापकोटाले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ