आत्महत्या तथा लागुपदार्थ निवारणका लागि जुटे विद्यार्थी
गोपाल अधिकारी,
प्रकाशित २०७५ असार २० बुधबार
528
Shares
झापा। समाजमा भएको बढदो आत्महत्या तथा लागुपदार्थ निवारणका लागि झापाको मेची नगरका विद्यार्थीहरु जुटेका छन् । लागु पदार्थ सेवन तथा मानसिक समस्यामा रहेका युवा युवतीहरुको रेखदेख तथा लागु पदार्थ निवारणका लागि यहाँका विद्यार्थी आपसमा जुटेका हुन् ।
शिव कुवंरको अध्यक्षतामा ४० सदसिय समिति गठन गरेर यस किसिमका कार्यमा यहाँका विद्यार्थी जुटेका हुन् । बढदो युवा युवतीहरुको आत्महत्या निवारण साथै मानसिक समस्याका कारण तनावपूर्ण जिवन विताउने विद्यार्थीहरुमा नयाँ जोश र जागर भर्ने काम उक्त समितिले गर्ने गरी काम सुरु गरेको समितिका सदस्य सुसान्त पोख्रेलले जानकारी दिए ।
‘‘मावन हिंसा विरुद्धमा सहायता आत्महत्या रोकने हाम्रो प्रतिवद्धता’’ भन्ने नारा लिएको उक्त समुहले हालसम्म मेचि नगरपालिकाका पाँच विद्यालयहरु लिटल एन्जल, माउन्ट पोइन्ट, दशरथ मावि, हिमालय एकेडेमि, सरस्वती बोङ्गि र विर्तामोडमा देवि माध्यमिक विद्यालयका विद्यार्थीहरुमा क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न गरेको बताएको छ ।
आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिइने लक्ष्य लिएको समितिका सदस्य उत्सव भट्टराईले बताए ।