arrow

बंगलादेश कमजोर, टेष्टमा ४३ रन ? 

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
bangladesh.jpg

काठमाडौं । बंगलादेशले टेष्ट क्रिकेटमा कमजोर प्रदर्शन गरेको छ । बंगलादेश वेष्ट इन्डिज विरुद्धको खेलमा ४३ रनमै आउट भएको छ । 

नर्थ साउन्डमा जारी पहिलो टेष्टको पहिलो इनिङमा बंगलादेशले मात्र ४३ रन बनाएको हो । पहिले ब्याटिङ बंगलादेशका लिटन दासले २५ रन बनाए बाहेकको दोस्रो उच्च स्कोर रुबेल हसनको ६ रन मात्र हो । 

१८.४ ओभरमा अलआउट भएको बंगलादेशी ४ खेलाडीले त १ रन पनि जोड्न सकेनन् । यो योगफल बंगलादेशकै अहिलेसम्मको सबैभन्दा कम योगफल हो ।

जवाफमा वेष्ट इन्डिजले पहिलो दिनको समाप्तिसम्म २ विकेटको नोक्सानीमा २०१ रन बनाएको छ । 

केमार रोचले ८ रन मात्र दिएर ५ विकेट लिए । मिगुएल कमिङसले ११ रन खर्चेर ३ विकेट लिए । जासन होल्डरले १० रन खर्चेर २ विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ