arrow

राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता हुने

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
1234.jpg

काठमाडौं । साउन ११ र १२ गते काठमाडौंमा  बाघचाल प्रतियोगिता हुने भएको छ । प्रगतिवादी युवा समाज नेपालले  मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित  बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।  

प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ ।  सो कार्यक्रममा बढीमा २५० जना सम्मको सहभागिता रहने अपेक्षा गरिएको छ ।

बाघचाल प्रतियोगितामा सहभागिताकालागि २०७५ साल साउन २ गते साझँ ५ बजे सम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइने आयोजकले जनाएको छ  ।आवेदन शुल्क  १५० रुपैयाँ तोकिएको छ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । विजेताहरुलाई पहिलो पुरस्कार रु ५ हजार ५ सय , दोस्रो रु ३ हजार ५ सय  र तेस्रो रु २ हजार ५ सय साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।  

सो कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएका पूर्व  खेलाडीहरुलाई सम्मानगर्ने कार्यक्रम समेत रहेको छ । सम्मानित हुने खेलाडीहरुमा पूर्व राष्ट्रिय खेलाडीहरु राम्जी प्रसाद बज्रचार्य - कराँते, दिपक बिष्ट - तेकवान्दो, बिनोद दास - क्रिकेट ,सारादेबी तामाङ - ब्याडमिन्टन -नेपालआर्मी , दिपक महर्जन – बक्सिग, आङ बाबु लामा- ऊशु ,भरत शाह- भलिबल  -नेपालपुलिस  ,ममता चौधरी - महिला क्रिकेट -सशत्रप्रहरी बल, जितबहादुर केसी - एथलेटिक्स , तारा देबी पुनमगर - भारत्तोलन, रञ्जना धामी–प्यारा ओलम्पिक -अपाङ्ग  र सोम बहादुर सुनुवार - प्यारा ओलम्पिक -अपाङ्ग  रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ