arrow

मुख्यमन्त्रीलाई रोकेका ओलीले दिए राज्यमन्त्रीलाई अमेरिका जाने स्वीकृति  

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
pm-office.jpg.jpeg

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका जानबाट रोकेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रदेशमा राज्यमन्त्रीलाई भने अमेरिका जान स्वीकृति दिएका छन् । 

मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश नं २ का आन्तरिक मामिला तथा योजना राज्यमन्त्री सरोज सिंहलाई अन्तर्राष्ट्रिय नेतृत्वसम्बन्धी एक कार्यक्रममा सहभागिताका लागि अमेरिका भ्रमणको स्वीकृति दिएको हो । 

बैठकले प्रदेश नं २ का आन्तरिक मामिला तथा योजना राज्यमन्त्रीलाई अन्तर्राष्ट्रिय नेतृत्वसम्बन्धी एक कार्यक्रममा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको भ्रमणको स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका थिए । 

यसअघि यही ओली सरकारले अमेरिकाकै एक कार्यक्रममा जानका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जेठमा हुने कार्यक्रममा जान रोक लगाएको थियो । 

तत्कालीन अवस्थामा सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि भन्दै राउतलाई जान रोक लगाइएको स्पष्टिकरण दिएको थियो । 

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा ओली सरकारबारे मुख्यमन्त्रीले खुलेर विचार राखेपछि ओली रुष्ट हुँदा उनको अमेरिका यात्रामा पूर्णविराम लागेको थियो । 

मूख्यमन्त्रीलाई बाइपास गरी राज्यमन्त्रीलाई अमेरिका जाने स्वीकृति दिएपछि संघीय समाजवादी फोरम सरकारमा गएपछि फल प्राप्त भएको रुपमा लिइएको छ । सिंह पनि फोरमबाटै मन्त्री बनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ