arrow

जिल्लाका उत्कृष्ट सात उद्यमी सम्मानित

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार २१ बिहिबार
pabitra_-gaire-kisan-palpa.jpg

पाल्पा । जिल्लाका सात उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको छ ।  युवा समिति पाल्पाले विभिन्न उद्यममा संलग्न उद्यमीहरुको खोजी र कामलाई प्रोत्साहन गर्ने उद्देश्यले सात उद्यमीहरुलाई उत्कृष्ट उद्यमीका रुपमा सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कटेरी गाईफर्मकी सञ्चालिका पवित्रा गैरे,चिनारी बहुउद्देश्यी एग्रीकल्चर फर्मका रुकवीर रेग्मी, नवयुवा कृषक समूहका ओमप्रकाश बस्याल, दाजुभाई फ्रेस हाउसका तथा मासु प्रशोधनका ऋषि खरेल, कनौंजे बाख्रा फर्म तथा कृषक पदम बहादुर कनौंजे, एभरग्रिन एग्रो फर्मका सुदर्शन पन्थ र देउताबारी पोल्ट्री फर्मका बासुदेव न्यौपानेलाई नगद, दोसल्लाले र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

 त्यस्तै गरी युवा प्रतिभाको पहिचानका लागि  ‘सम्मृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भूमिका’ बिषयक बक्तृत्वकला प्रतियोगितामा  प्रथम , द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीहरुलाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा समिक्षा ढकाल प्रथम, सन्दीप थापा द्वितीय, संचिता विष्ट तृतीय र उमेश भण्डारी सान्त्वना भएका छन् ।

 सम्मानित सम्पूर्णलाई कार्यक्रमका प्रमुख अतिथि  प्रदेश ५ का प्रदेशसभा सदस्य नारायण आचार्यले नगद, प्रमाणपत्रले सम्मान गरेका छन् । सम्मान गर्दै प्रमुख अतिथि आचार्यले देशको समग्र विकासका लागि युवा जनशक्तिलाई प्राथमिकताका साथ अगाडि बढाउँनु पर्ने कुरामा जोड दिएका छन्  ।

अर्को अतिथि प्रदेशसभा सदस्य डा. पुरण बज्राचार्यले सम्मृद्ध नेपालको परिकल्पना साकार पार्ने काममा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रम  समितिका अध्यक्ष रामजी पोख्रेलको सभापतित्वमा कार्यक्रम  भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ