नेपाल–चीन व्यापार सम्झौताका लागि मन्त्रीपरिषदले गर्यो यस्तो निर्णय
प्रकाशित २०७५ असार २१ बिहिबार
768
Shares
काठमाडौं । नेपाल र चीनबाीच व्यापार तथा पारवहन सम्झौतामा हस्तार गर्ने विषयमा मन्त्रीपरिषदले टोली गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति कार्यान्वयनका लागि सम्झौता गर्न मन्त्री परिषदले ९ सदस्यीय टोली गठन गर्ने निर्णय गरेको हो ।
बुधबार राति बसेको मन्त्रिपरिषको निर्णयले नेपाल र चीन बीच व्यापार तथा पारवहन सम्झौताको प्राटोकल सम्बन्धि वार्तामा भाग लिन टोली गठन गर्ने निर्णय गरेको हो । गठन गरिएको टोली चीन पठाउने र सम्झौतामा हस्ताक्षर गर्ने अधिकार समेत उक्त टोलीलाई दिइने छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका एक अधिकारीले चीनसँगको व्यापार तथा पारवहन सम्झौता गर्नको लागि टोली गठन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको भन्दै चीनसँगको व्यापार सम्झौता चाँडै अघि बढ्ने बताए ।