arrow

मोर्चामा फाइट : कोही भन्छन्,‘भीषण आन्दोलन’, कोही तडक–भडक नगर्ने

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
morcha-.jpg.jpeg
काठमाडौं । आमहड्ताल र नाका केन्द्रीत आन्दोलन स्थिगित गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भित्र आन्दोलनबारे फेरि खटपट सुरु भएको छ । मोर्चाका केही घटकले फेरि भीषण आन्दोलन गर्ने मानसिकता बनाएका छन् भने, कसैले नियमित आन्दोलन बाहेकका कुनै तडक भडकका कार्यक्रम नरहेको बताएका छन् । 
 
मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट एकसाथ भीषण आन्दोलन गर्न आन्तरिक तयारी भइरहेको बताएका हुन् । वुधबार संघीय समाजवादी फोरम बाराले देवापुरमा गरेको एक कार्यक्रममा यादवले दुई सय वर्षदेखि शोषीत मधेस, पहाड र हिमालका जनजातीले अधिकार नपाएसम्म आन्दोलन नरोकिने बताए । 
 
यस्तै, विराटनगर पुगेका तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रदेश सीमांकनको टुंगो नलागेसम्म मधेसी मोर्चाको आन्दोलन नरोकिने बताए । अहिले आन्दोलनको स्वरुपमात्र परिवर्तन भएको भन्दै यादवले सीमांकन मोर्चाको मुख्य ‘बटमलाइन’ भएको ठोकुवा गरे । यद्यपि, तमलोपाकै केही नेताले आन्दोलनबारे बोल्न चाहेनन् ।
 
मोर्चाको अर्को घटक सद्भावना पार्टीले तत्काल घोषित नियमित कार्यक्रम चल्ने र कुनै तडक भडकका कार्यक्रम नरहेको बताएको छ । सद्भावना महामन्त्री मनीष सुमनले अब उपरान्त तडक भडकका कार्यक्रम नहुने बताए । उनले भने, ‘भीषण आन्दोलनको कुरा छोड्नुस्, शान्तिपूर्ण आन्दोलन जारी रहन्छ, तडक भडकको कुनै सोच विचारै छैन ।’
 
सोमबार मोर्चाले शान्पिूर्ण आन्दोलनका कार्यक्रम घोषणा गर्दा सद्भावना अध्यक्षले संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर नै गरेनन् । आन्दोलन निष्प्रभावी भएसंगै मोर्चाभित्र व्यक्तिगत असन्तुष्टी चुलिंदै गएको छ । आन्दोलनलाई व्यक्तिले नै घाटा गरेको भन्दै मोर्चामा घटकै पिच्चे आन्तरिक अभ्यास हुन थालेका छन् ।  शीर्ष तीन दल र मधेसी मोर्चाको संयुक्त कार्यदलको बैठक बस्न नसकेपछी मोर्चामा आन्दोलनको तलतली सुरु भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ