arrow

पाल्पाका ३८ खेलाडी दक्षिण एसियाली तेक्वाण्डो प्रतियोगितामा भाग लिदै

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार २२ शुक्रबार
sports.JPG

पाल्पा । काठमाण्डौंमा हुन गइरहेको दक्षिण एसियाली तेक्वाण्डो प्रतियोगितामा पाल्पाका ३८ जना खेलाडी सहभागी हुने भएका छन् ।

यही असार २९ देखि ३१ सम्म हुने प्रतियोगितामा बेत्थल तेक्वाण्डो डोजाङ्गबाट  २० जना, सगरमाथा तेक्वाण्डो डोजाङ्ग आर्यभञ्याङ्बाट  ३ जना, मदरल्याण्ड तेक्वाण्डो डोजाङबाट  ३ , ग्राम्य तेक्वाण्डो डोजाङ बाट १ , रामपुर तेक्वाण्डो डोजाङबाट ३ र प्यारागन तेक्वाण्डो डोजाङ बाट २ जना गरी पाल्पाका ६ डोजाङका ३८ खेलाडी प्रतिस्पर्धीमा  रहेको  पाल्पा आई. टि.एफ. तेक्वाण्डो एसोसियसनका जिल्ला उपाध्यक्ष एवम अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण  थापाले  जानकारी दिए  खेलाडीहरु बेल्ट, उमेर र तौल अनुसार प्रतिस्पर्धा गर्ने छन् ।

जिल्लाबाट सहभागी मध्ये सातौ राष्ट्रिय खेलकुदको तेक्वाण्डोमा स्वर्ण पदक विजेता साजन पचभैया, कास्य पदक विजेता दान कुमार सारु पनि सहभागी हुदैछन् । अन्र्तराष्ट्रिय प्रतियोगिता भएकाले पनि जिल्लाका खेलाडीबाट प्रतिस्पर्धा गरेर सहभागीहरुको छनौट गरिएको पाल्पा आई.टि.एफ ले जनाएको छ ।  

नेपालमा ३ पटक अन्र्तराष्ट्रिय दक्षिण एसियाली प्रतियोगिता र एक पटक एसियाली प्रतियोगिता सम्पन्न भैसकेको छ ।  नेपालमा भएको एसियाली प्रतियोगितामा पाल्पाकी दोस्रो डानकी खेलाडी  सिमा सारुले पनि रजत पदक प्राप्त गरिसकेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ