- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । काठमाण्डौंमा हुन गइरहेको दक्षिण एसियाली तेक्वाण्डो प्रतियोगितामा पाल्पाका ३८ जना खेलाडी सहभागी हुने भएका छन् ।
यही असार २९ देखि ३१ सम्म हुने प्रतियोगितामा बेत्थल तेक्वाण्डो डोजाङ्गबाट २० जना, सगरमाथा तेक्वाण्डो डोजाङ्ग आर्यभञ्याङ्बाट ३ जना, मदरल्याण्ड तेक्वाण्डो डोजाङबाट ३ , ग्राम्य तेक्वाण्डो डोजाङ बाट १ , रामपुर तेक्वाण्डो डोजाङबाट ३ र प्यारागन तेक्वाण्डो डोजाङ बाट २ जना गरी पाल्पाका ६ डोजाङका ३८ खेलाडी प्रतिस्पर्धीमा रहेको पाल्पा आई. टि.एफ. तेक्वाण्डो एसोसियसनका जिल्ला उपाध्यक्ष एवम अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिए खेलाडीहरु बेल्ट, उमेर र तौल अनुसार प्रतिस्पर्धा गर्ने छन् ।
जिल्लाबाट सहभागी मध्ये सातौ राष्ट्रिय खेलकुदको तेक्वाण्डोमा स्वर्ण पदक विजेता साजन पचभैया, कास्य पदक विजेता दान कुमार सारु पनि सहभागी हुदैछन् । अन्र्तराष्ट्रिय प्रतियोगिता भएकाले पनि जिल्लाका खेलाडीबाट प्रतिस्पर्धा गरेर सहभागीहरुको छनौट गरिएको पाल्पा आई.टि.एफ ले जनाएको छ ।
नेपालमा ३ पटक अन्र्तराष्ट्रिय दक्षिण एसियाली प्रतियोगिता र एक पटक एसियाली प्रतियोगिता सम्पन्न भैसकेको छ । नेपालमा भएको एसियाली प्रतियोगितामा पाल्पाकी दोस्रो डानकी खेलाडी सिमा सारुले पनि रजत पदक प्राप्त गरिसकेकी छन् ।