arrow

पहिरो पिडितलाई राहत बाँड्दै नेविसंघ

logo
नारायण रिजाल,
प्रकाशित २०७५ असार २३ शनिबार
Nebisang_Rahat.jpg

बागलुङ ।   नेपाल विद्यार्थी संघले पहिरो पिडितका लागी राहत वितरण गरेको छ । यही असार ११ गते राती जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङ गएको पहिरो बाट ज्यान गुमाएका विष्णु बहादुर क्षेत्रीको परिवारलाई राहत वितरण गरेको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री हरिहर शर्माको संयोजनमा गएको टोलीले क्षेत्रीका दुई छोरी मञ्जु र अस्मितालाई ३५ हजार रुपैयाँ राहत स्वरुप प्रदान गरेका हो ।

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । विष्णु सहित उनकी श्रीमती र ६ महिनाकी छोरी सोनियाको पनी पहिरोमा पुरिएका थिए । पाँच जनाको परिवार रहेको क्षेत्रीको परिवारमा दुई छोरी मञ्जु  र अस्मिता घर भन्दा बाहिर रहेको कारण बाच्न सफल भएका थिए ।

राहत प्रदान गर्दै नेविसंघका सहमहामन्त्री शर्माले पहिरो पिडित परिवारलाई नेविसंघले सधै साथ दिने बताए । उनले प्राकृतिक दैवी प्रकोपबाट पिडित समुदायमा गएर परिवारको पिडामा मलम लगाउने काम गर्ने बताए । उनले मानविय नाताले सहयोगी भावनाको विकास गर्नका निम्ती नेविसंघ हरेक दुःखमा साथ दिने बताए । साथै पिडित परिवारका दुई छोरी मञ्जु र अस्मिताको उच्च शिक्षाको लागी नेपाल विद्यार्थी संघले सहयोग गर्ने  समेत जानकारी दिए । परिवारमा परेको विपत्तीमा नेविसंघको साथ रहँदा आफुहरुले अभिभावक गुमाए पनी समाजको सान्त्वनाले केही राहत महशुस भएको जेठी छोरी मञ्जु क्षेत्रीले बताईन ।

दैवी विपत्ती प¥यो यसमा सवैको साथ रहेको छ, उनले भनिन ‘हाम्रो परिवार प्रति मायाँ र सदभाव देखाउने प्रति हामी ऋणी भएका छौं ।’ पहिरोर उनको घर सवै बगाएको थियो भने गोठमा रहेका पशुचौपाय पनी पुरिएका थिए । क्षेत्री सँगै धुल्लुबास्कोटमा अन्य अन्य २ घर र ३ गोठ पनि पुरिएका थिए । त्यसबाट भने कुनै मानविय क्षती भने हुन पाएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ