arrow

इंगल्याण्ड र स्विडेनको खेलमा किन बिकेनन् १० हजार टिकट ?

logo
प्रकाशित २०७५ असार २४ आइतबार
england-sweden-stadium.png

एजेन्सी। शनिबार रुस विश्वकपमा इंगल्याण्ड र स्विेडनको बीचमा खेल हुने तालिका थियो। दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण पनि रहेको थियो। शनिबारको खेलमा जित हासिल गर्दै इतिहास बनाउने दाउमा रहेका दुवै टोलीहरुको खेल हेर्न धेरै समर्थकहरु आउने अपेक्षा गरिएको थियो तर आशा गरिएअनुसार मानिसहरु सो खेलमा उपस्थित भएनन्। 

शनिबारको खेलमा करिब १० हजार टिकटहरु बिक्री भएनन्। विश्वकपमा सधैंजसो टिकट नपाएको झोंकमा विभिन्न किसिमका विवादहरु उठ्ने गरेको अवस्थामा शनिबारको खेलमा भने १० हजार टिकटहरु बिक्री नभएको हो। क्वार्टरफाइनलको खेललाई निकै महत्वपूर्ण खेल मानिन्छ, जसको कारण विश्वभरका फुटबल प्रेमीहरु यो खेल हेर्न आउने अपेक्षा गरिएको भए पनि अचम्मलाग्ने गरी १० हजार टिकट बिक्री नभएको हो।

यस्तोमा इंगल्याण्डका समर्थकहरुले शनिबार आफ्नो टोलीको खेल गुमाएको पाइएको छ। रसियाको समारामा खेल सुरु हुनुभन्दा तीन घण्टाअगाडि तीन हजार टिकटहरु इंगल्याण्डका समर्थकहरुले खरिद गरेका थिए। यसले पनि यो खेलमा धेरै स्विडेनका समर्थकहरु रहेको देखाएको हो। 

यसअघि कोलम्बियासँगको खेलमा भने इंगल्याण्डका समर्थकहरु कम थिए। विश्वकपमा इंगल्याण्डका समर्थकहरुको संख्या कम देखिएसँगै इंगल्याण्डमा टेलिभिजनको पर्दामा आफ्नो टोलीको खेल हेर्ने मानिसहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ । विश्वकप हेर्न इच्छा देखाउने समर्थकहरुको संख्यामा भने व्यापक वृद्धि भएको देखिएको छ।

शनिबारको खेलको लागि समाराको उडान खोज्नेहरुको संख्यामा १८९ प्रतिशतले वृद्धि भएको देखिएको हो भने ‘रसियामा प्रवेश तथा बाहिरिने’पेजको भ्रमण गर्ने मानिसहरुको संख्यामा पनि १६५ प्रतिशतको वृद्धि भएको पाइएको हो। 

इंगल्याण्डका समर्थकहरुको लागि रुस विश्वकपमा सहभागिता जनाउनुको समस्या महँगो शुल्क नै हो। यो विश्वकपमा सहभागी भएर फर्किँदासम्म उनीहरुको खर्च व्यापक हुने भएकोले धेरै इंगल्याण्डका समर्थकहरु रसिया नपुगेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ