arrow

लाउडा प्रकरणका आरोपी हरिभक्तलाई आफैले हटाए मन्त्री रविन्द्र अधिकारीले 

logo
प्रकाशित २०७५ असार २४ आइतबार
rabindra_new.JPG

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले आफ्नै एउटा निर्णय सच्याएका छन् । पछिल्लो समय नागरिक उड्डयनका क्षेत्रमा निकै चर्चा बटुलिरहेका मन्त्री अधिकारीले बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्डयनको विज्ञ नियुक्त गरेकामा त्यसको कडा आलोचना पछि निर्णय सच्याएका हुन् । 

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आइतबार जारी गरेको वक्तव्यमा गएको चैत २५ गते मन्त्रीस्तरीय निर्णयबाट विज्ञ समूह गठन भएको र त्यो विज्ञ समूहमा एटिएम–हवाई कानुन विषयमा विज्ञता राख्ने हरिमक्त श्रेष्ठलाई मनोनयन गरिएको उल्लेख छ ।

विज्ञप्तिको ठहर खण्डमा श्रेष्ठको मनोनयनको सम्बन्धमा केही संचार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको र आईतबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार श्रेष्ठको नाम सूचिबाट हटाईएको जानकारी गराईन्छ, भनिएको छ । 

मन्त्री अधिकारीले यसअघि फेवा तालको अतिक्रमण गर्ने सुनिल शाक्यलाई पर्यटन विज्ञ समूहमा नियुक्त गरेका थिए । अधिकरीले विज्ञ नियुक्त गरेका श्रेष्ठले विशेष अदालतबाट सफाइ पाएको भए पनि उनीविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ । सरकारवादी मुद्दाका रुपमा हेर्दा सरकारले श्रेष्ठमाथिको भ्रष्टाचारको पुरानो आरोपमा कुनै दृष्टिकोण परिवर्तन गरेको छैन ।
नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सुशासनका सवालमा शून्य सहनशीलता अपनाउने घोषणा गरेको सरकारका चर्चित मन्त्रीले नै बहुचर्चित घोटाला प्रकरणका मुख्य आरोपीलाई नै विज्ञ नियुक्त गरेपछि कडा आलोचना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ