arrow

भारतले इंगल्याण्डविरुद्ध जित्यो श्रृंखला 

logo
प्रकाशित २०७५ असार २५ सोमबार
rohit.jpg

काठमाडौं । पहिलो पटक भारतले इंग्ल्यान्डविरुद्ध टी–२० क्रिकेटको शृङ्खला जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो ।

ब्रिस्टोलमा पहिले ब्याटिङ गरेको इंगल्याण्डले ९ विकेटको नोक्सानीमा १९८ रन जोड्यो । जेसन रोयले ६७ रनको योगदान दिए । हार्दिक पाण्डेयले ३८ रन खर्चेर ४ विकेट लिए ।

जवाफमा भारतले १८.४ ओभरमा ३ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्यो । रोहित शर्माले नटआउट १०० रन बनाए । कप्तान विराट कोहलीले ४३ रनको योगदान दिए । 

अलराउन्डर पाण्डेयले १४ बलमा नटआउट ३३ रन बनाए । भारतले पहिलो पटक इंगल्याण्डलाई उसकै भूमिमा टी–२० मा हराएको हो । उसले श्रृङ्खला नै जित्यो । 

अब भारतले बिहिबारदेखि तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ । 

Rohit Sharma posted a century in the final T20 to seal a series victory for India over England

Virat Kohli posted 43 runs from 29 balls to help set India on their way to the convincing victory

England seam bowler Chris Jordan takes a fantastic catch to dismiss India's KL Rahul

Jason Roy top scored with 67 runs for England on the way to setting India a tough target of 198

Jos Buttler made a blistering start to his innings but was dismissed by Siddarth Kaul for 34

India fans let off flares in the stands as they watch their side cruise to victory against the hosts

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ