arrow

बृज सिमेन्टद्वारा विद्यालयलाई खेलकुद सामाग्री वितरण

logo
प्रकाशित २०७५ असार २६ मंगलबार

काठमाडौं। बृज सिमेन्टले विद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराएको छ।  बनेपा स्थित  शिक्षा सदन माध्यमिक विद्यालयलाई कम्पनीका ब्राण्ड एम्बेसडर राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृज सिमेन्टले पहिलो चरणमा बनेपाको सार्वजनिक विद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराएको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

विद्यालयका प्रधानाध्यापक पुकार कर्णजीतले खेलकुद सामग्रीबाट विद्यार्थीहरुको हौसला बढ्ने भन्दै यस्तो क्रियाकलापले विद्यार्थीको मनोबल बढ्ने बताए। 

वृज सिमेन्टले ओ.पि.सि, पि.पि.सि. र पि.एस.सि. सिमेन्ट उत्पादन  गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ