arrow

रोनाल्डोले रियाल मड्रिड छाड्ने निश्चित, युभेन्टस जाने

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
Euro_Ronaldo.jpg.jpeg

एजेन्सी। विश्व फुटबलका प्रख्यात खेलाडी क्रिष्टियानो रोनाल्डोले रियाल मड्रिड छाड्ने भएका छन्। मड्रिडमा ९ बर्ष बिताएपछि ३३ बर्षिय पोर्चुगीज रोनाल्डो ईटालीको फुटबल क्लब युभेन्टस जाने भएका हुन्। 

रियाल मड्रिडले आधिकारिक बिज्ञप्ती निकाल्दै रोनाल्डो युभेन्टस जाने पुष्टी गरेको हो। रोनाल्डोकालागि युभेन्टसले १ सय मिलियन युरोको सम्झौता गर्ने बताईए पनि रोनाल्डोको हस्तान्तरणकालागि रियालका अध्यक्षले १ सय पचास मिलियन युरो माग गरिरहेको समाचारहरु पनि आईरहेका छन्। रोनाल्डो र युभेन्टस बिच चाँडै अन्तिम हस्ताक्षर हुने बताईएको छ। 

रोनाल्डो ४ बर्षकालागि युभेन्टससँग अनुबन्धित हुन लागेका हुन्। ग्रिसमा भएको छलफलमा रोनाल्डोका बिचौलिया जोर्गे मेन्डेस, युभेन्टसका अध्यक्ष आन्द्रे एग्नेली र रोनाल्डो बिच रियाल छाडेर युभेन्टस जाने निर्णय भएको अन्तराष्ट्रीय मिडियाहरुले जनाएका छन्। 

रोनाल्डोले युभेन्टसमा रियालका पुर्व खेलाडी अर्जेन्टिनी स्ट्राईकर गोन्जालो हिगुईनसँग खेल्ने छन्। रियालमा ८० खेलसँगै खेलेको अनुभवले पनि युभेन्टसलाई फाईदा पुर्‍याउने बिश्वास गरिएको छ। यसैबिच ईटालीका स्टार गोल किपर गियान्लुईगी बुफोन फ्रान्सको क्लब पीएसजी गएका छन्। 

ईङलीश क्लब म्यानचेस्टर युनाईटेडमा ६ बर्ष बिताए पछि सन् २००९मा रियाल मड्रिड आएका रोनाल्डोले मड्रिडकालागि ४ समय ३८ खेलमा ४ समय ५१ गोल गरेका थिए। मड्रिडबाट रोनाल्डोले ४ च्याम्पियन्स लिग उपाधि र दुई लालिगा उपाधि जितेका छन्। यसैगरि उनले दुई स्पेनिस कप र तीन फिफा क्लब विश्वकपको उपाधि पनि हात पारेका छन्। 

मड्रिडको ईतिहासमा सबैभन्दा धेरै गोलको किर्तिमान कायम गरेका रोनाल्डोले चार बलोन डि'ओर र तीन गोल्डेन बुट पनि आफ्नो नाममा लेखाएका छन्।

मड्रिडले आधिकारिक बिज्ञप्तीमा रोनाल्डोले आफ्नो इच्छाले क्लब छाड्न लागेको बताएको छ। क्लबको बिज्ञप्तीमा मड्रिड जहिले पनि रोनाल्डोको घर हुने बताउँदै बिदाइ गर्ने जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ