arrow

बजेटमा सांसदको आलोचना सहन सकेनन् प्रधानमन्त्रीले : मन्त्रीहरुसँग छलफल गर्दै

logo
प्रकाशित २०७५ असार २७ बुधबार
PM.JPG

काठमाडौं । सरकारले ल्याएको बजेटबारे आफ्नै पार्टी नेता कार्यकर्ताले सदनदेखि गाउँस्तरसम्म समेत आलोचना गरेपछि अत्तालिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग छलफल गर्न लागेका छन् ।

पहुँच र शक्तिको आडमा मन्त्रीहरुले हडपेकै शैलीमा आ आफ्नो क्षेत्रमा बजेटको ओइरो लगाएको भन्दै पार्टीका सांसदहरुले तीव्र असन्तुष्टि जनाएपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई डाकेरै जहाँ पायो त्यहीं बजेटको आलोचना नगर्न उर्दी जारी गरेका थिए। तर सांसदहरुले प्रधानमन्त्रीको उर्दी अटेर गर्दै बजेटको विषयमा मन्त्रीहरुको आलोचना गर्न नछाडेपछि, ओलीले वुधबार मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । 

सरकारको नीति तथा कार्यक्रम र बजेटबारे बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र वजेट साउन १ गतेदेखि पूर्ण रुपमा लागु हुने र त्यसका लागि मन्त्रालयको तयारीबारे छलफल हुने सल्लाहकार अर्यालको भनाइ छ ।

प्रधानमन्त्री ओलीले जेठ २५ गते मन्त्री र सचिवहरुसँग छलफल गरेर नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनको योजना, असार १५ भित्र ठोस योजना सहित पेश गर्न निर्देशन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ