- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनकुटा। धनकुटा जिल्ला तत्कालिन तांखुवा गाउ कार्य समितिका नेपाली कांग्रेसका सभापति गुरु प्रसाद लाम्मिछानेको गएराती असमायिक निधन भएको छ ।
धनकुटाको मुलघाट स्थित तमोर नदीमा पूर्व गाउ कार्य समितिका सभापती गुरु प्रसाद लाम्मिछानेको पार्थिव शररीमा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, पूर्व कार्यवहाक सभापती गोपाल पौडेल,पूर्व जिल्ला सदस्य दिनेश भण्डारीले पार्टीको चार तारे झण्डा ओढाउदै सम्मानपूर्वक अन्तिम श्रद्धाञ्जली दिएपछी उहाको अत्यष्टि गरिएको थियो । नेपाल शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाले उनको योगदान र जिवनीको वारेमा प्रकाश पारेका थिए ।
घाटमा नेपाली कांग्रेस धनकुटाका पूर्व उपसभपाती केशर सुब्बा,जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिव आङ्ला,नेपाल टेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा,सचिव झमक कटुवाल,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु,पूर्व अध्यक्ष इश्वरी प्रसाद अघिकारी, पूर्व सचिव हरी हादाल,घनेन्द्र सुब्बा,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,जेष्ठ नागरिक समाज धनकुटा नगरका अध्यक्ष टिका प्रसाद घिमिरे,नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई,धनकुटा बजार व्यवस्थापन समितिका सल्लाहकार जयन्द्र प्रधान लगायत आफन्तजन तथा मलामीजनले समेत पूर्व सभापती लाम्मिछानेको पार्थिव शरिरमा फुलमाला लगाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
दम तथा छाला सम्वन्धि रोगको लामोसमयदेखी उपचार गराउदा गराउदै ७४ बर्षियको उमेरमा गएराती आफ्नै निवास धनकुटा ५ मा पूर्व सभापती लाम्विछानेको असमायिक निधन भएको हो ।