arrow

वाणिज्य बैंक सबैले प्रदेशमा शाखा खोल्नै पर्ने, विद्यार्थीको खाता अनिवार्य

logo
प्रकाशित २०७५ असार २७ बुधबार
maudrik_niti1.jpg

काठमाडौं । सबै वाणिज्य बैंकले अब प्रादेशिक शाखा खोल्नै पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले प्रत्येक प्रदेशमा सबै वाणिज्य बैंकले प्रादेशिक शाखा कार्यालय स्थापना गर्नु पर्ने भनेको हो । 

सबै प्रदेशमा सरल र प्रभावकारी बैंकिङ सेवा पुर्‍याउन सहज हुने भएकाले राष्ट्र बैंकले यो व्यवस्था गरिएको राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले बताए । प्रादेशिक शाखा कार्यालय स्थापना गरेमा सबै प्रदेशमा बैंकिङ सेवा सरल र प्रभावकारी हुनुका साथै वित्तीय पहुँच र समावेशिता विस्तारमा सहयोग पुग्ने डा. नेपालको भनाई छ । 

त्यस्तै, मौद्रिक नीति मार्फत राष्ट्र बैंकले एक वर्ष भित्र सबै नेपालीको बैंक खाता खोल्ने अभियान थाल्नु पर्ने जनाएको छ । सबै नेपालीको बैंक खाता खोल्ने अभियान सञ्चालनका लागि सम्बन्धित सबै पक्षसँग समन्वय गरी प्रभावकारी रुपमा अघि बढ्ने बताएको छ । 

साथै माध्यमिक विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंक खता अनिवार्य खोल्न प्रोत्साहित गरिने समेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ । त्यसका लागि वित्तिय साक्षरता अभियान संचालन गरिने बताइएको छ ।

त्यस्तै, राष्ट्र बैंकले वुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सुन तस्करी रोक्ने नीति अप्नाइएको छ । त्यसका लागि राष्ट्र बैंकले तोकेको परिमाण (२० केजी) सुन एकै दिनमा एक महिनासम्मको आयात व्यवसायीले गर्न पाउने छन् । आवश्यकता अनुसार जुनसुकै समयमा पनि व्यवसायीले एकमुष्ट २० केजी सुन आयात गर्न पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ