- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले बढी ब्याज असुल्ने वाणिज्य बैंकमाथि लगाम लगाएको छ । वुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले थोरै ब्याजदरमा निक्षेप उठाई बढि ब्याजदर असुल्ने कार्यमाथि लगाम लगाएको हो ।
अधिकांश बैंकहरुले न्युन ब्याजदरमा निक्षेप संकलन गरी बढी ब्याजदरमा प्रवाह गर्ने गरेकाले त्यसको अन्त्य गर्न राष्ट्र बैंकले संलन तथा प्रवाहको अन्तर घटाएको छ । यसअघि संकलन तथा प्रवाहको दर ५ प्रतिशत रहेको व्यवस्थालाई साढे ४ प्रतिशत कायम गरिएको हो । अब बैंकहरुले निक्षेप संकलन गर्दा दिने ब्याज र ऋण प्रवाहमा लगाउँदा लिने ब्याजको अन्तर ४ दशमलव ५ प्रतिशत कामय हुने छ ।
बजारमा हुने लगानीयोग्य पुँजी (तरलता)को अभाव देखिने गरेको भन्दै राष्ट्र बैंकले त्यसको सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर) घटाएको छ । सिसिआर घटाएर बेला बेलामा देखा पर्ने तरलता अभावको समस्या सामाधान गर्न खोजिएको राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिमार्फत सबै किसिमका बैंक तथा वित्तीय संस्थाको सीआरआर ४ प्रशित कायम गरिएको छ । यसअघि वाणिज्य बैंकका लागि सो रसियो ६ प्रतिशत रहेको थियो । त्यस्तै विकास बैंक र वित्त कम्पनीका लागि क्रमशः ५ प्रतिशत र ४ प्रतिशत रहेको थियो ।