arrow

स्वीकृति बिनै बैंकहरुले शाखा खोल्न पाउने

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
gov_nepal.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाउँपालिका तथा नगपालिकाहरुमा राष्ट्र बैंकको स्वीकृति विना नै वाणिज्य बैंकहरुले शाखा खोल्न पाउने व्यवस्था गरेकको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले विना स्वीकृति स्थानीय तहमा शाखा खोल्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबी नेपालले मौद्रिक नीति पढ्दै आगामी आर्थिक वर्ष देखि राष्ट्र बैंकको स्वीकृति विना नै वाणिज् बैंकहरुले स्थानीय तहमा शाखा खोल्न पाउने व्यवस्था मिलाइने सुनाए ।

बैंकिङ सेवाको पहुँच थप सरल र प्रभावकारी बनाउने उद्येश्यले गाउँपालिका तथा नगरपालिकाले राष्ट्र बैंकको स्वीकृति विना नै शाखा खोल्न पाउने भएको हुन् । यसअघि गाउँपालिका, नगरपालिका उपमहानगरपालिका तथा महानगरपालिकामा  शाखा खोल्नका लागि वाणिज्य बैंकहरुले राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था थियो ।

सो व्यवस्थालाई परिमार्जन गर्दै महानगरपालिका र उपमहानगर पालिका बाहेकका स्थानमा शाखा खोल्नका लागि स्वीकृति लिन नपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको हो । ‘बैंकिङ सेवाको पहुँच सरल र सहज बनाउनका लागि बैंक तथा वित्तीय स्ंस्थाहरुले शाखा कार्यालय खोल्ने नीति परिवर्तन गरी महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिने छ’ राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ