arrow

मौद्रिक नीति अाएकै भाेलिपल्ट शेयर बजारमा पहिराे

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
nepse-news-aaja.jpeg

काठमाडाैं । मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक विहिबार दोहोरो अंकले घटेको छ। 

बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो। नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो। शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ। कुल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा खरिद बिक्री भएको छ। 

स्टकका अनुसार कूल १० उपसमूहमध्ये नौ उपमूहको शेयर घटेको छ भने एक उपसमूहको शेयर बढेको छ । बैंकिङ १०.३१, व्यापार ०.८४, होटल ३७.६५, विकास बैंक १८.८३, जलविद्युत् २१.७, फाइनान्स ३.८७, बीमा १०७.५८, अन्य ०.५१ र माइक्रोफाइनान्स ३६.०६ बिन्दुले घटेको छ भने उत्पादन समूहको शेयर २.८ बिन्दुले बढेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ