arrow

‘अति गरिब’लाई कृषिमन्त्रीले दिए रातो कार्ड

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
krishi2.jpg

काठमाडौं । सरकारले किसानहरुको वर्गीकरण गरी ‘गरिब परिवार परिचय पत्र’ वितरणको कार्य अघि बढाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले किसानको वर्गिकरण गरी किसान परिचय पत्र वितरणको कार्य अघि बढाएको हो । 

मन्त्रालयकाअनुसार किसानलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । जसअनुसार अति गरिब, मध्यम गरिब र गरिब रहेका छन् ।

अति गरिब किसानअन्तर्गत पर्ने किसानलाई रातो कार्ड दिइने भएको छ । त्यस्तै मध्यम गरिब किसानलाई पहेँलो र गरिब किसानलाई निलो कार्ड उपलब्ध गराइने भएको हो ।

पहिलो चरणमा गरिब घर परिवार परिचय पत्र वितरण कार्यक्रम २६ जिल्लामा कार्यान्वयनमा ल्याइने मन्त्रालयले जानकारी दिएको छ । पहिलो चरणमा हुने यस्तो परिचय पत्र वितरणको सुरुवात गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले शुक्रबार कपिलवस्तुको मायादेवी गाउँपाकिाबाट सुरु वितरण सुरु गरेका छन् । उनले सरकारको नीति अनुरुप अति गरिब किसानलाई रातो कार्ड, मध्यम गरिबलाई पहेलो तथा गरिबलाई नीलो कार्ड वितरण गरेका मन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

मन्त्रालयले बाँकी रहेका ५१ जिल्लामा आगामी २ वर्षमा गरिब परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ । १२ लाख ५० हजार घर परिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८५१ घर परिवार गरिबीको रेखा मुनि रहेको देखिएको छ । मानव विकास सुचकांकका तल रहेका जिल्लाहरुबाट सुरु गरिएको हो । गरिबीको रेखामुनि रहेका परिवारमा गरिएको अध्ययन १ लाख ८८ हजार २ सय ३२ अति गरिबमा परेका छन् ।

त्यस्तै १ लाख २९ हजार ७ सय ५४ परिवार मध्यम गरिब र ८३ हजार ८ सय ४५ गरिब घर परिवारमा परेका मन्त्रालयले जानकारी दिएको छ ।
पहिलो चरणमा २६ जिल्लामा वितरण गर्नका लागि ४ अरब रुपेयाँ अवश्यक पर्ने जनाइएको छ । मन्त्रालयसँग ६३ करोड रुपैयाँ रहेको र त्यसले ११ जिल्लामा मात्रै पुग्ने मन्त्रालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ