arrow

जिल्लामा सञ्चालित जडिबुटी उद्योग बन्द

logo
रामचन्द्र रामाझी,
प्रकाशित २०७५ असार २९ शुक्रबार
Jadibuti_Uddhog_Dovan_Jhumsa_ph_1.jpg

पाल्पा । गाउँघरमा खेर गएका जडिबुटी प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ जिल्लामा सञ्चालन हुँदै आएको जडिबुटी उद्योग बन्द भएको छ । तिनाउँ गाउँपालिका वडा ३ झुम्सामा रहेको जुडिबुटी कारखाना  विगत ५ वर्ष देखि सरकारको स्पष्ट नीति नभएको र बजार अभावका कारण बन्द भएको हो । यतिखेर जडिबुटी कारखानामा रहेका विभिन्न प्रशोधन यन्त्र तथा सरसमान काम नलाग्ने अवस्थामा पुगेका छन् । जडिबुटी पेल्ने मेशिन औजारहरुमा खिया लागेको छ , उद्योग बन्द भएपछि विभिन्न किसिमका सरसमान बिग्रिएका छन । जडिबुटी उद्योग बन्द भएपछि एक जना हेरालुले कार्यालय कुर्दै आएका छन ।

एक करोड लागतमा सहकारी मार्फत निकै उत्साहपूर्ण रुपमा सञ्चालनमा  आएको उद्योग  बन्द भएको हो । उद्योगबाट तितेपाति, काउलो हर्रोबर्रो, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रा लगायतका जडिबुटी प्रशोधन गरी विक्रि हुदै आएको थियो । २०५६ सालमा सहकारी मार्फत जिल्लालाई जडिबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने अभियानका साथ उद्योग सञ्चालन आएको थियो । शुरुका दिनमा उत्पादन गरियो चिनजानको आधारमा बेचविखन पनि गरियो तर सहकारी मार्फत सञ्चालन भएकाले उद्योगको ट्रेडमार्क पाउन सकिएन , हामीले उत्पादन गरेको जडिबुटीको अर्को पक्षलाई दिई अर्काको  ट्रेडमार्कमा विक्रि गर्नुपर्ने बाध्यताले सञ्चालकहरु निराश भएको उद्योग सञ्चालक नारायण बहादुर जिसिले बताए । अहिले उद्योगबाट शिलाजि बाहेक अन्य जडिबुटी प्रशोधन हुन सकेको छैन ।

 उद्योगमा करोडौ रुपैयाँ लगानी भएपनि उद्योग सञ्चालन नहुँदा लगानीकर्ताहरु निराश भएका छन । प्रयोगविहिन अवस्थामा रहेका गाउँघरको जडिबुटी सदुपयोगमा ल्याउने भनी प्रचार गरिएपनि उद्योग बन्द रहँदा प्रचार गरिएजस्तो काम हुन भने सकेको छैन । जुडिबुटी उद्योग केही समय चर्चामा आएसँगै विस्थापित हुँदै  गएको छ  ।

उद्योगबाट दालचिनी तेजपात, तितेपाती, हरोबर्रोको तेल उत्पादन गरी बजार विक्रि गरेका थियौ । केहि समय राम्रो पनि भयो । ठूलो मात्रामा उत्पादन हुदै गएपछि ठूलो बजार खोज्दै जादाँ प्रशोधित जुडिबुटीको नेपाल सरकारबाट बैज्ञानिक अध्ययन अनुसन्धान  नभएको कारण उद्योग बन्द गर्नुपरेको सञ्चालक झपेन्द्र बहादुर जिसीले बताए । उद्योग सञ्चालनका लागि सहकारीका ९० जना शेयर सदस्यबाट १ करोड भन्दा बढी लगानी गरेका छौं सञ्चालन गर्न नसक्दा शेयर सदस्यहरुलाई सावाँ समेत फिर्ता गर्न नसकिएको सञ्चालक जिसीले जानकारी दिए ।

 जडिबुटी उद्योग सञ्चालनको विषयमा  ५ नम्वर प्रदेश सरकारले चासो दिई बैज्ञानिक परिक्षण तथा उपयोगिता बारे जनचेतना जगाउने काममा सहयोग गरेमा उद्योग पुन सञ्चालन गर्न सकिने जिविस पाल्पाका पूर्व सभापति समेत रहेका सञ्चालक जिसीले बताए । उद्योग स्थापनाको लागि जग्गा मेशिनहरु लगायतका सरसमान खरिद गर्दा १ करोड रुपैयाँ लागत लागेको सञ्चालक जिसीले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ