arrow

नेपाललाई जापानले २७ करोड सहयोग गर्ने

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
Nepal-Japan.jpg

काठमाडौं । जापान सरकारले नेपाललाई २७ करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालको मानव संशाधन विकासको लागि भन्दै जापान सरकारले  २७ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

जापानले सो सहयोग  उपलब्ध गराउने विषयमा नेपाल सरकार र जापान बीच सहमति भएको छ । शुक्रबार अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् । 

सो सहमतिमा नेपाली विद्यार्थीलाई छात्रवृत्त प्रदान गर्ने तथा मानव संशाधन विकासका जापानल उपलब्ध गराएको रकम खर्च गरिने सो करमको दुरुपयोग नहुने अर्थ सचिव खनालले बताए । 

उनले जापान लगायतका दातृ निकायहरुले गर्दै आएको यस किसिमको सहयोगबाट नेपालको आर्थिक विकासमा सहयोग पुगिरहेको बताए । त्यस्तै, राजदूत साइगोले यस किसिमको सहयोग आदानप्रदान भइरहने र नेपालको विकासका लागि जापानले सहयोग गर्ने समेत बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ