गायिका लोहनीले ओलीलाई भनिन् उखानटुक्का मात्र कहिलेसम्म !
प्रकाशित २०७५ असार २९ शुक्रबार
344
Shares
काठमाडौं । यदुराम सापकोटाको शब्द लयमा रहेको , ओली सरकारप्रति ब्यङ्ग्य हानिएको तीज गित सार्वजनिक भएको छ। पानीजहाज, रेल, फ्रि वाईफाई,चन्द्रमा जाने रकेट, पाईपलाईनको ग्यासँ, स्विजरल्यान्ड लगायत धेरै सपनाका चाङ्हरुलाई समेटेर बनाईएको उखान टुक्का संग्रह गीतमा ज्योती लोहनी र यम सापकोटाको आवाज रहेको छ।
गीतमा उखान टुक्काले हुदैन अब काम गर्नुपर्यो भनेर आग्रह समेत गरिएको छ। गायक सुर्य खड्काको युटब च्यानलबाट बजारमा आएको गितका शब्दले सरकारका मन्त्रीहरु बोलेका कुराहरु सबै समेटेको छ।