arrow

चिया उत्पादनमा झापा उत्कृष्ट

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
tea.jpg.jpeg

काठमाडौं । नेपालमा चिया उत्पादनको हिसावले सबै भनदा बढि चिया उत्पादन झापामा हुँदै आएको पाइएको छ । केन्द्रिय तथ्याङ्क विभागले गरेको अध्ययन अनुसार झापामा सबै भनदा बढी चिया उत्पादन हुने गरेको पाइएको हो । विभागको तथ्याङ्क अनुसार झापामा कुल ८ करोड २५ लाख १७ हजार  केजी हरियो चिया उत्पादन हुने गरेको छ ।

७ हजार १ सय ९५ हेक्टर क्षेत्रफलमा हुने गरेको चिया खेतीमा १ जहार ६ सय १ जना कृषकको सहभागिता रहेको छ । चियाबारीका नामले धेरैले इलामलाई उत्कृष्ट ठानेपनि झापाको भन्दा कम चिया उत्पादन हुने गरेको पाइएको हो । झापामा कुल १ करोड ५९ लाख ७१ हजार केजी हरियो चिया उत्पादन हुने गरेको तथ्याङ्क छ । ३ हजार ३ सय ९३ हेक्टर क्षेत्रफलमा हुने गरेको चियाखेतीमा ५ हजार ५ सय ९८ कृषकको सहभागिता रहेको छ । त्यस्तै चिया उत्पादन हुनेमा क्रमशः पाँचथर, धनकुटा तेह्रथुम रहेका छन् । विभागका अनुसार व्यवसायिक रुपमा चियाखेती १४ वटा जिल्लामा हुने गरेको छ । १ रोपनी भन्दा बढि जमिनमा लगाइएको चियालाई व्यवसायिक भनेर तथ्याङ्क विभागले परिभाषित गरेको छ ।

मुलकका १४ जिल्लामा १२ हजार ६६ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । सो क्षेत्रफलमा १० करोड ८० हजार केजी उत्पादन हुने गरेको छ । चिया खेतीमा ९ हजार २ सय ३६ कृषकको सहभागिता रहेको छ । विभागको तथ्याङ्क अनुसार चिया खेतीमा ८५ प्रतिशत पुरुष र १५  महिलाको सहभागिता रहेको छ । ८२ प्रतिशत बढि किसानहरुको शैक्षियोग्यता एसएलसी वा सो भन्दा तल रहेको छ । त्यस्तै ५ दशमलव २ प्रतिशतको स्नताक तह र २ दशमलव १ प्रतिशतको स्नातकोत्तर रहेको छ ।

 चिया खेतीमा ५२ दशमलव ७ प्रतिशत किसान ४० देखि ६० वर्ष उमेर समुहका रहेका छन् । २० देखि ४० वर्ष उमेर समुहका युवा चिया कृषक साढे २९ प्रतिशत  रहेका छन् । चिया खेतीमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ३० लाख ९५ हजार जनाले रोजगारी पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ