arrow

मौद्रिक नीति लचिलो रहेको पूर्व गभर्नर रावलको टिप्पणी

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
tilak_rawal.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. तिलक रावलले यसपालीको मौद्रिक नीति  लचिलो रहेको बताएका छन् । उनले मौद्रिक नीतिले तरलतालाई खुकुलो बनाएको र बजारमा तरलता छोड्ने काम गरेको भन्दै यसपालीको मौद्रिक नीति खुकलो रहेको बताएका हुन् । 

‘मौद्रिक नीतिले बजारमा तरलता छोड्ने काम गर्छ भन्ने विश्वास छ’ उनले भने, ‘अब विगतको जस्तो तरलता अभाव हुने स्थिति आउँदैन भन्ने मलाई लागेको छ ।’

त्यस्तै विगतमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा वा निक्षेप संकलन गर्दा लिने व्याजदर बढी लिने गरेको र आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको मौद्रिक नीतिले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेको बताए ।

त्यस्तै पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरु हतोत्साहित भएका अवस्था रहेको स्मरण गर्दै उनले मौद्रिक नीतिले मार्जिन कलमा कटौतीको नीति अपनाएको बताए । मौद्रिक नीतिले अपनाएको त्यस्तो रणनीतिका कारण शेयर बजार केही दिन अझै ओरालो लाग्ने आफ्नो विश्लेषण रहेको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ