arrow

एनआइसी एसियाका थप दुई शाखा सञ्चालनमा

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
nic-asia-bank.gif

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले थप दुई ठाउँमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । मुलुकका सबै ठाउँमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने उद्येश्यले तनहुँको शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकामा आफ्ना दुई शाखा विस्तार गरेको हो । यो सँगै एनआइसी एसिया बैंकले पन्ध्र ठाउँबाट शाखारहित बैंकिङ्ग सेवा दिन थालेको हो ।


बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का  अध्यक्ष रामचन्द्र भण्डारी र वडा नं. ११ का अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मान बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
त्यस्तै बैंकले व्यास नगरपालिकाको कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सतिशचन्द्र न्यौपानेले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङ्गलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने एनआइसी एसिया बैंकले आशा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ