निर्वाचन आयोगको प्रतिवेदन : एक मतदाताको भागमा ४ हजार
प्रतिनिधि सभासाँसदले गरे २ करोड, मेयरले १७ लाख
प्रकाशित २०७५ असार ३२ सोमबार
618
Shares
काठमाडौं । निर्वाचन आयोगले गत वर्ष भएका तीनै तहको निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ । तीनै तहको निर्वाचनमा कुल कति खर्च भयो, कुन तहकोमा कति रकम खर्च भयो र कुन तहका उम्मेदवारले कति खर्च गरे भन्ने विवरण निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको हो । अध्ययन अनुसार तीन तहको निर्वाचन सम्पन्न गर्नका लागि कुल १ खरब ३१ अरब ६३ रकोड रुपैयाँ खर्च भएको छ । जसमा सरकारले ३४ अरब ७२ करोड र बाँकी ९६ अरब ९१ करोड उम्मेदवारहरु तथा उनीहरुका शुभेच्छुकहरुले खर्च गरेका छन् ।
स्थानीय तह निर्वाचन खर्च
स्थानीय तहको निर्वाचनमा कुल ६९ अरब ४२ करोड रुपैयाँ खर्च भएको देखिएको छ । त्यसमा सरकारले १८ अरब ४६ करोड र उम्मेदवार तथा उनका समर्थकले ५० अरब ९६ करोड खर्च भएको छ । स्थानीय तहको निर्वाचनमा प्रतिमतदाता ४ हजार ९सय २३ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले सोमबार सनर्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचनमा
स्थानीय तह उम्मेदवार खर्च
औसतमा प्रति उम्मेदवार नगरपालिका मेयरले रु. १७ लाख ३८ हजार ६ सय ७३ रुपैयाँ खर्च गरेको पाइएको छ । त्यस्तै नगरापालिकाका उपमेयरले औषतमा १३ लाख ८७ हजार २ सय ६६ रुपैयाँ खर्च गरेको अध्ययन प्रतिवेदनले जनाएको छ ।
त्यसैगरी गाउँपालिकाका अध्यक्षले १७ लाख ०९ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको छ । गाउापालिकाका उपाध्यक्षले ८ लाख २३ हजार ३ सय रुपैयाँ खर्च गरेको देखिएको छ । त्यस्तै वडा अध्यक्षले ६ लाख २६ हजार ९ सय ९रुपैयाँ खर्च गरेको देखिएको छ । र वडा सदस्यले १ लाख ५० हजार रुपैयाँ औषतमा खर्च गरेको देखिएको छ ।
प्रदेशसभा र प्रतिनिधि सभा खर्च
त्यस्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कुल ६२ अरब २१ करोड रुपैयाँ खर्च गरिएको छ । त्यसमा सरकारका तर्फबाट १६ अरब २६ करोड र उम्मेदवारहरु तथा उनीहरुका शुभेच्छुकहरु समेतबाट ४५ अरब ९५ करोड अर्च भएको अध्ययनले देखाएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा प्रतिमतदाता ४ हजार ४० रुपैयाँ भएको अध्ययन ले देखाएको छ ।
उम्मेदवार खर्च
प्रदेशसभामा निर्वाचित हुने उम्मेदवारले औसतमा १ करोड२५ लाख रुपैयाँ खर्च गरेका छन् । निकटतम प्रतिद्वन्दीले औसतमा १ करोड १७ लाख रुपैयाँ खर्च गरेका छन् । पराजित बाँकी प्रतिद्वन्दीहरुले औसतमा ७१ लाख रुपैयाँ खर्च गरेका अध्ययनले देखाएको छ ।
त्यस्तै प्रतिनिधिसभाको निवाचनमा निर्वाचित भएका उम्मेदवारले औसतमा २ करोड १३ लाख रुपैयाँ खर्च गरेका छन् । निकटतम प्रतिद्वन्दीले औसतमा १ करोड ४९ लाख रुपैयाँ खर्च गरेका छन् । र पराजित बाँकि प्रतिद्वन्दीहरुले औसतमा ८५ हजार रुपैयाँ खर्च गरेका अध्ययनले देखाएको छ ।
१२ प्रतिशत व्यापारी निर्वाचनमा
अध्ययन अनुसार प्रदेशसभा र प्रतिनिधिसभाका लागि हुने निर्वाचनहरुको लागि प्रत्यासी उम्मेदवारहको पेशागत संलग्नतालाई समेत छुट्ट्याइएको छ । जसमा सबै भनदा बढी राजनीति पेशाबाट नै स.लग्न रहेका छन् । त्यस्तै १८ प्रतिशत कृषि पेशाबाटर राजनीतिमा आएका अध्ययनले देखाएको छ । त्यस्तै निर्वाचनमा १२ प्रतिशत व्यापारीहरुले भाग लिएको अध्ययनले देखाएको छ । निर्वाचनमा १२ प्रतिशत सामाजिक सेवा, ३ प्रतिशत शिक्षक, २ प्रतिशत निर्माण व्यवसायी तथा बाँकी ५ प्रतिशत अन्य पेशाबाट आएका अध्ययनले देखाएको छ ।
निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसि नेपाल)ले अष्ट्रेलियन सरकार र द एसिया फाउण्डेशनको साझेदारीमा ९ मसहना समय लगाएर अध्ययन सम्पन्न गरेको थियो ।
स्थानीय निर्वाचनको खर्च अध्ययनका लागि काठमाडौं, मोरङ्ग, दाङ्ग र जाजरकोट जिल्लाहरुलाई नमुनाको रुपमा छनोट गरिएको थियो ।प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनहरुको लागि भौगोलिक र जनसांख्यिक आधारमा ३१ जिल्लाहरु छनोट गरी अध्ययन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।