arrow

पुल नभएपछि अर्थमन्त्री खतिवडा नै घर आउन सकेनन !

किश्ने खोलाले रोक्यो खतिवडालाई

logo
सान नेपाल,
प्रकाशित २०७५ साउन १ मंगलबार
krishne-khola-jhapa.jpg

गौरादह। अर्थमन्त्री युवराज खतिवडा गौरादह ९ का स्थायी वासिन्दा हुन्। अर्थमन्त्री भए पश्चात् गृह क्षेत्रमा आउने समय खतिवडाले पाएका छैनन्। यदि आउने इच्छा देखाइहाले भने पनि उनी आफ्नो घरमा सजिलै पुग्न सक्ने अवस्था देखिदैन । यसमा अरु कुनै कारण नभएर किश्ने खोलामा ७ वर्ष देखि निर्माण गरिदै आएको पुल नै हो।

अर्थमन्त्री आफ्नो गृह क्षेत्रमा नआउँदा पनि उनलाइ बास बस्नको लागि कुनै समस्या त नरहला तर गौरादहको वार्ड नं ९ मा रहेका नगरवासी र कमल गाउँपालिकाबासीलाइ भने यसले निकै ठूलो पीडा थपिदिएको छ।

बिगत ५ बर्षदेखि निर्माण गरिने भन्दै हल्ला चलाइएको उक्त पुल गत स्थानीय र प्रदेश तथा संघीय निर्वाचनताका निकै तामझामका साथ बनाएको नाटक मन्चन पनि गरियो। निर्वाचन पश्चात ठेकेदारको अनुहार कहिँ कतै देख्न नपाइएको स्थानीयको गुनासो पाइन्छ। काम ठप्प पारियो, भेलबाढी आउन थालेपछि पुन नाटकको दोश्रो भाग मन्चन गर्दै तामझाम देखाउन थालियो, निकै ठूलो भेल आए पछि ठेकेदार टाप कसे स्थानीय राजन खनाल बताउँछन्। 

पुल निर्माणको विषयलाई लिएर नगरपालिकाको टोलि काठमाडौ नगएको होइन। काठमाडौमा अर्थमन्त्रीसंग भेटघाट हुँदा टोलिले पुलको बिषयमा ध्यानाकर्षण गराएको नगर प्रसासकिय अधिकृत सागर मिश्र बताउछन्। हामीले मन्त्रीज्यूलाइ पुल चाडो निर्माण गरिदिन अनुरोध गर्दा उहाँले पुल अझैसम्म किन निर्माण भएन मेयर साव भन्दै हाम्रा नगरप्रमुखलाइ नै प्रश्न गर्नु भयो मिश्रले भने।

उक्त पुल कसले कसरी र कुन प्रक्रियामा बनाउँदैछ भन्ने कुरा जानकारी पाउन नसकिएको नगरपालिका श्रोत बताउँछ । पुल निर्माणको बिषय अत्यन्तै जटिल भएको र यस बारेमा विभिन्न अड्कलबाजि मात्र हुने गरेको सन्दर्भमा वडा नं ७ का वार्ड अध्यक्ष बलराम खरेल कहानी अर्कै भएको बताउँछन् । बैगुन्धुरा र ग्वालडुब्बा जोड्ने किश्नेको पुल निर्माण सम्पन्न भएको छ । दुइटा पुल एकैचोटी निर्माण गर्न सुरु गरिएका हुन्। निर्माण सम्पन्न भएको कागजात हामीले मन्त्रालय पठाए पछि किश्ने खोलामा पुल निर्माण भइसकेको अवस्था देखियो। डिपिआर मात्र गरेर छोडिएको सोलमारी जोड्ने पुलमा बजेट विनियोजन नै भएन, जुनकुरा ढिलो जानकारी प्राप्त भयो, पछि पहल गर्दा खोलाको नाम अर्कै राख्नुको विकल्प पनि देखिएन र किश्ने खोलालाइ सिश्ने खोला बनाएर बजेट विनियोजनको प्रयास गरियो, एक साल बजेट आयो तर अर्को बर्ष देखि बजेटले निरन्तरता पाउन सकेन खरेलले बताए ।

७ बर्ष अघि पुल निर्माणको ठेक्का पाएको तत्कालीन रौता सगरमाथा कम्पनीले बजेट अभावमा काम गर्न नसकेपछि अहिले सडक डिभिजनको अगुवाइमा रौता जेभी कन्स्ट्रक्सनले ठेक्का पाएको छ। पानीको सतह माथी आएपछि काम गर्न असुविधा भएकोले निर्माणकार्य रोक्नु परेको ठेकेदार रमेश पौडेल बताउँछन् । आगामी असोज १ गते देखि निर्माण कार्य सुचारू गरेर २०७५ भित्रमा पुल हस्तान्तरण गरिने पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ