राष्ट्र बैंक भन्छ–दलकै कार्यकर्ताबाट असुरक्षित हुँदा गाह्रो पर्यो
प्रकाशित २०७५ साउन १ मंगलबार
389
Shares
काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५–०७६ भित्र सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउन पर्ने नीति लिएकाे छ । तर, सबै स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । सबै स्थानीय तहमा बैंकका शाखा लैजानु चुनौतीपूर्ण, भन्छ राष्ट्र बैंक ।
गएको आर्थिक वर्षको मौद्रिक नीति अनुसार भरखरै सकिएको आर्थिक वर्ष भित्र देशभरीका सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा अनिवार्य पुर्याउनु पर्ने स्प्रीड थियो ।
तर, आर्थिक वर्ष सकिँदासम्म ५ सय ५६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले मुलुकभरका ५ सय ५६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेको बताए । उनका अनुसार सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउन कठिनाई भइरहेको छ । केही स्थानीय तहमा सुरक्षा चुनौती रहेका कारण बैंकका शाखा खोल्न नसकेको उनको भनाई थियो ।
केही स्थानीय तहमा राजनीतिक दलका स्थानीय कार्यकर्ताले बैंकका कर्मचारीहरुलाई लखेकाले बैंक सञ्चालनमा कठिनाई भइरहेको बाउँदै उनले बैंक सञ्चालनका लागि सरकारले सुरक्षा व्यवस्था मिलाइदिनु पर्ने उल्लेख गरे ।