- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले विराट कोहलीको कप्तानीमा पहिलो पटक एक दिवसीय क्रिकेट श्रृंखला गुमाएको छ । भारतले इंगल्याण्ड विरुद्धको श्रृंखला २–१ ले गुमाएको हो ।
यसअघि १–१ को बराबरी भएकामा तेस्रो तथा अन्तिम खेल ८ विकेटले भारतले हारेको हो । लिड्समा मंगलबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको नोक्सानीमा २६८ रन बनायो ।
कोहलीले ७१ रन बनाए भने त्यसपछिको उच्च योगफल ४४ रन शिखर धवनले बनाए ।
अदिल रसिद र डेभिड विलीले ३–३ विकेट लिए । जवाफमा इंगल्याण्डले आकर्षण ब्याटिङ गर्ने क्रममा ४४.३ ओभरमै २ विकेटको नोक्सानीमा जित सुनिश्चित गर्यो ।
जो रुटले १२० बलमा नटआउट १०० रन बनाए । त्यस्तै कप्तान इयोन मोर्गानले १०८ बलमा नटआउट ८८ रन जोडे । अदिल म्यान अफ द म्याच तथा जो रुट म्यान अफ द सिरिज भए ।
भारतले यसअघिको टी–२० मा इंगल्याण्डलाई हराएको थियो । अब भारतले इंगल्याण्डसंग पाँच खेलको टेष्ट म्याच खेल्नेछ । पहिलो टेष्ट बर्मिङघममा अगष्ट १ तारिखमा हुनेछ ।