arrow

बुटवलले हटायो सडकपेटिमा हाटबजार गर्ने ब्यापारीलाई !

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २ बुधबार
hatbazar.jpg

बुटवल ।  बुटवल उपमहानगरपालिकाले सडकको सुन्दरता बिगारेको भन्दै सडक पेटिमा बसेर हाटबजारमा ब्यापार गर्ने ब्यापारीलाई हटाएको छ । साउन महिना लागेसंगै नगरपालिकाले सुचना जारी गर्दे सडक पेटिमा रहेर ब्यापार गर्दै आएका ब्यापारीहरुलाई हटाउन निर्देशन दिएको हो ।

बुटवलमा सञ्चालनमा रहेका सबै हाटबजारको दिनमा बाटोको सुन्दरता बिगारेर ब्यापार गर्ने सबैलाई सडक छेउमा बसेर ब्यापार नगर्न र गरेमा कारबाही हुने नगरपालिकाले जनाएको छ ।

हप्तामा २ पटक लाग्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित बुटवलकै पुरानो हाटबजारमा पहाड र तराइका बिभिन्न स्थानबाट आई तरकारी, फलफुल, कपडा लगाएतका दैनिक उपभोग्य सामाग्रीको ब्यापार गर्दै आएका सयौं साना तथा खुद्रा ब्यबसायीहरुलाई आगामी साउन १ गतेदेखि हटाउने निर्णय अनुरुपमा नै बुधाबार बजार सञ्चालनमा नआएको हो ।

हाटबजार ब्यबसायीहरुले मौसम अनुरुपका तरकारी, फलफुल, रेडिमेड फैन्सी कपडा, जुता चप्पल, टोपी, मकै पोल्ने, अदुवा, बेसार, चुक, सालका पात, अचार, चुरापोतेका साथै खाद्यान्न लगाएतका सामाग्री बिक्रि बितरण गर्दै आएका थिए ।

खासगरि सिद्धार्थ राजमार्गको पाल्पारोड, हाटबजार चौक, लक्ष्मीनगर गेट, जेसीज चौक, कान्तिपथ, दुरसंचार लाईन, माझगाउँ , दिपनगरको सोमबारे बजार छेउँमा लगाएतका सडकपेटीमा ब्यापार गर्ने हाटबजार ब्यबसायीलाई अवदेखि उक्त स्थानमा हाटबजार नलगाउन सुचना जारी गरिएको बुटवल उपमहानगरपालीकाका प्रबक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

उनले प्रदेशको राजधानी, सरकारी कार्यालय भवनहरु र उपमहानगरको मुख्य प्रशासनिक क्षेत्र भएकाले भिडभाड मुक्त गराउन र सुरक्षा ब्यबस्था प्रभावकारी बनाउन उक्त निर्णय गरिएको पनि बताए ।  बुटवल उपमहानगरपालिका भित्रमा  १८ स्थानमा फरक फरक समयमा हाटबजार लाग्ने गरेको हाटबजार ब्यवसायी संघ रुपन्देही अध्यक्ष हिमलाल ज्ञवालीले बताए ।

ब्यवसायी बिरोधमा
बुटवल उपमहानगरपालिकाको यस निर्णयलाई हाटबजार ब्यबसायीहरुले बिरोध जनाएका छन् । ब्यवसायीहरुले तत्काल बजार लगाउन पाउनु पर्ने अथव अन्यत्र ब्यबस्था पर्नु पर्ने भन्दै नगरपालीका र वडा कार्यालय घेराउन गर्न पुगेका थिए । बुटवलका हाटबजारको दिन सडकपेटिमा रहेका ब्यापारीलाई हटाए पनि बुटवलभरमा नै सञ्चालनमा रहेका हाटबजारहरु भने यथावतै रहने छन् ।

ठेला ब्यवस्थापन पनि छिट्टै
बुटवल उपमहानगरपालिकामा प्रदेश मन्त्रालयहरु रहे संगै उपमहानगरपालिकाले नगर सेरोफेरोलाई उत्कृष्ठ बनाउज बिभिन्न कार्यहरु गर्दै आएको छ । यसैबिचमा मुख्य सडक अर्थात हाईवे छेवैमा रहेका ठेलाहरु पनि हटाउने गृहकार्य भइरहेको बुटवल उपमहानगरपालीकाका प्रबक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।  उनले ठेलाहरुले पनि सडकको सुन्दरता बिगारेको भन्दै छिट्टै नै भित्रि सडकमा मात्रै ठेला सञ्चालनको लागी कार्य गर्ने बताए ।

अनुगमन आवश्यक
नगरपालिकाले पटक पटक सडकपेटिका ब्यापारी हटाउने कार्य धेरै पहिले देखि भईरहेको र अनुगमन गर्ने प्रचलन नहुँदा कार्यान्वयन नभएको आटबजार ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष हिमलाल ज्ञवालीले बताए । उनले सडक पेटिमा ब्यापार गर्ने कार्य उचित नभएको बताउँदै यो कार्यले बजारको दिनमा पनि आवतजावतमा सहजता आउने उनको दाबी छ । उनले भने –‘ सडक पेटिका ब्यापारी धेरै पटक हटाईयो तर कार्यान्वयन भएन् । अब कार्यान्वयन बलियो हुनुपर्छ । ’

ब्यवस्थापन गर्न बन्यो कार्यादल
बुटवल उपमहानगरपालिकाले १ महिना पहिला नै सुचना दिएपनि अन्य ब्यवस्थापनको माग ब्यवसायीहरुले गरेका छन् । कान्ती स्कुल छेउछाउको पेटिमा बसेका ब्यवसायीहरुलाई अन्यत्र ब्यवस्थापन गर्न ७ सदस्यीय कार्यदल बनेको छ । नगरका वडा नम्बर ५ का वडा अध्यक्ष तेज प्रसाद सुनारको संयोजकत्वमा कार्यदल बनेको हो । जसमा हाटबजार ब्यवसायी संघ रुपन्देही अध्यक्ष हिमलाल ज्ञवाली, सचिव हुनाराम पोख्रेल लगायत रहेका छन् । कार्यदलले ब्यवसायीहरुलाई हाटबजार भित्र बस्ने ब्यवस्था मिलाउने कार्य गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ