arrow

अपहरण शैलीको विरोधमा जुम्ला अस्पतालमा डाक्टर र नागरिक समाजको प्रतिरोध

डा केसीसम्म आइपुग्ने सम्पूर्ण नाकाहरु विद्यार्थीहरुबाट मानव साङ्लो बनाएर सिलबन्दी

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
students2.jpg

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसनरत डा गोविन्द केसीलाई अपरहण शैलीमा बल प्रयोग गरी काठमाडौं ल्याउन खोज्ने सरकारको रबैयाको चर्को विरोध भएको छ ।

प्रतिष्ठानमा चिकित्सक विद्यार्थीहरु र नागरिक समाजका  प्रतिनिधिहरु बाक्लो रुपमा उपस्थित भई सरकारको रबैयाको विरोध गरेका हुन् । 

डा केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर जुम्ला पुगिसकेको छ । डा विशाद दाहालले डा केसीलाई जवरजस्ती ल्याउन खोजिएको भन्दै विरोध गरिएको जनाएका छन् । 

विद्यार्थीहरुले अस्पतालको भर्याङमा बसेर डा केसीसम्म पुग्नबाट सुरक्षाकर्मीलाई रोकिरहेका छन् । 

विद्यार्थीहरुले डा केसीसम्म आइपुग्ने सम्पूर्ण नाकाहरु विद्यार्थीहरुबाट मानव साङ्लो बनाएर सिलबन्दी गरेका छन् । 

यसले सहजै डा केसीलाई उठाएर काठमाडौं ल्याउने सरकारको योजनालाई अवरोध पुगेको छ । 

अस्पतालमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ