arrow

३ अर्ब रुपैयाँको चुरा आयात

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
chura.png

काठमाडौं । महिलाहरुका लागि विशेष पर्व मानिने साउन महिनाका लागि ३ अर्बभन्दा बढीको चुरासहितका शृङ्गारका सामग्रीहरु आयात भएको छ । 

भन्सार विभागले दिएको जानकारीअनुसार गत वर्षको साउनदेखि गएको जेठसम्मको अवधिमा ३ अर्ब २९ करोड ८० लाख रुपैयाँबराबरको चुरासहितका शृङगारका वस्तु आयात भएको हो । विभागको तथ्याङ्क अनुसार लिप मेकअप, आइ मेकअप, पाउडरलगायतका शृङ्गारको सो सामान ३ अर्ब बढीको आयात भएको हो । भन्सार विभागका सूचना अधिकारी विनोदशरण आचार्यले चुरालगायतका सबै श्रृङ्गारका वस्तु सो रकम बराबरको आयात भएको जानकारी दिए ।

काठमाडौंका अधिकांश पसलमा अहिले व्यापकमात्रामा हरियो चुराको कारोबार भएको भइरहेको छ । व्यावसायीहरु साउन लागेसँगै चुरा, पोतेलगायका शृङ्गारको कारोबारमा वृद्धि भएको बताउँछन् । त्यस्तै शृङ्गार पसलहरुमा चुरा पोते खरिद गर्ने ग्राहकको ठुलो भीडसमेत बढेको उनीहरुको भनाइ छ ।

यस्ता चुरा, पोतेलगायतका शृङ्गारका सामान भने भारत, चीनलगायतका मुलुकबाटै आयात हुने गरेका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो ११ महिनामा ३ अर्ब  ६१ करोड २८ लाख २३ हजार रुपैयाँ बराबरका चुरा लगायका शृङ्गारका वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ३१ करोड ४८ लाख २२ हजार रुपैया बराबरको चुरा, टिका टुकुलीलगायतका वस्तु आयात भएको छ । 

१ अर्ब राजश्व

सूचना अधिकारी आचार्यका अनुसार श्रृङ्गारका वस्तु आयातबाट मात्रै सो ११ महिनाको अवधिमा सरकारले १ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । चुरा, टिका टिकुली लगायतका वस्तु आयातबाट ६ करोड १३ लाख रुपैयाँ राजश्व संकलन गरिएको र अन्य श्रृङ्गारका वस्तु आयातबाट १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ राजश्व संकलन गरिएको भन्सार विभागको तथ्याङ्क रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ