arrow

अर्थमन्त्री खतिवडाले लगाए वृद्ध भत्तामा समेत कर

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
khatiwada.JPG

काठमाडौं । अब अवकास प्राप्त सरकारी कर्मचारीको पेन्सनमा समेत कर लाग्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले अवकाश प्राप्त सरकारी कर्मचारीको पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन निर्देशन दिएसँगै अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा समेत कर लाग्ने भएको हो ।

संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तका सम्बन्धमा तयार भएको  ऐनको मस्यौदामा पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन अर्थमन्त्री खतिवडाले अनावश्यक हस्तक्षेप गर्दै पेन्सनमा कर लाग्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यसअघि पेन्सनमा कर नलाग्ने प्रस्ताव उक्त मस्यौदामा गरिएको थियो । तर, अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै ऐनमा भएको ‘पेन्सनमा कर नलाग्ने’ व्यवस्था हटाएर प्रचलित आयकर ऐनको व्यवस्था अनुसार ऐन बनाउन निर्देशन दिएका हुन् ।

उनको निर्देशन अनुसार ऐन बनेमा अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा १ प्रतिशत कर लाग्ने छ । पेन्सन निवृत भएका कर्मचारीको वृद्धभत्ता नै हो I पेन्सन पाउनेले बृद्ध भत्ता पाउन्नन I



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ