arrow

अमेरिकाको नयाँ कानुनले सगुन जस्ता स्टार्ट अप कम्पनीलाई लगानी जुटाउन सहजः उपेन्द्र महत्तो (भिडियो)

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
upendra-mahato-nrna.jpg

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले अमेरिकाले ल्याएको नयाँ कानुनले स्टार्टअप कम्पनीमा सर्बसाधारणलाई लगानी गर्न बाटो खोलिदिएको बताएका छन्। उनले अमेरिकाले ल्याएको जब्स एक्टले भविष्यको सम्भावना भएका कम्पनीलाई स्टार्टअप चरणमा लगानी जुटाउन सहज भएको बताए। 

स्टार्ट अप कम्पनीमा लगानी गर्न अब मुलुकको सीमाले नछेक्ने उनको भनाइ थियो। अमेरिकामा रहेका नेपालीले स्थापना गरेको सगुन डटकमको राइज एण्ड साइन कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष महत्तोले सूचना प्रविधि कम्पनीमा लगानी विश्वभरबाट जुटाउन सकिने भएको उनले बताए। ‘फेसबुक, ट्वीटर, उवरजस्ता कम्पनीमा कहाँबाट कसले लगानी गरेको छ भन्ने थाहै नहुने स्थिति आएको छ,’ उनले भने, ‘मानिस पछिल्लो समय सूचना प्रविधिप्रति अभ्यस्त हुँदै गएको छ। यस्ता कम्पनीमा गरिएको लगानीले राम्रो रिटर्न दिएको देखिएको छ। 

सगुनले अमेरिकी सेक्युरिटी एक्स्चेन्ज कमिसनको स्वीकृति लिएर ग्लोबल मार्केटमा मिनी आइपिओ निस्कासन गरिरहेको छ। सगुनको सेयरमा यही जुलाई २६ तारिकसम्म आवेदन गर्न सकिन्छ। सगुनमा सर्वसाधारणलाई लगानी गर्ने यो अन्तिम अबसर हो। अमेरिकन सेक्युरिटी एक्सचेन्ज कमिशनबाट एक बर्ष भित्रमा २० मिलियन डलर उठाउन स्वीकृत पाएको थियो। अन्तिम चरण अन्तर्गत सर्वसाधारणबाट सगुनले लगानी उठाइरहेको छ। लगानी कर्ताले यस चरणमा कम्तिमा एक हजार लगानी गर्न सक्नेछन भने बढीमा बार्षिक आम्दानीको १० प्रतिशतसम्म लगानी सक्नेछन्।   

महत्तोले स्टार्ट अप चरणमा रहेको कम्पनी भएकाले विश्वभर रहेका लगानीकर्ताले आफ्नो क्षमता अनुसार केही रकम लगानी गर्नु उपयुक्त हुने बताए। ‘स्टार्ट अप कम्पनीमा एकै जनाले दशौं लाख डलर लगानी गर्नुभन्दा धेरै जनाले क्षमता अनुसार लगानी गर्नु उपयुक्त हुन्छ,’ उनले भने।

आफूलाई मनपरेको कुरालाई नेपाली समुदायले प्रमोट गर्नु पर्ने महत्तोको भनाइ छ। ‘हामीले साथ दियौं भने मात्र अरु समुदायका मानिसले पनि साथ दिन्छन्, उनले भने, ‘त्यसबाट हुने मुनाफाको भागिदार पनि हामी आफैं हुन्छौं।’ 

सगुनमा लगानी गर्न sagoon.com/invest मा गएर फर्म भर्नु पर्छ। विश्वभरबाट सगुनमा लगानी गर्न सकिन्छ। तर सगुन अमेरिका दर्ता भएको कम्पनी भएको र नेपाल भित्रबाट बिदेशमा रहेको कम्पनीमा लगानी गर्न नेपाल सरकारले बाटो खुल्ला गरिनसकेको कारण नेपाल भित्रबाट भने लगानी गर्न सकिदैन। तर बैंक खाता भएका बिदेशमा बस्ने नेपालीहरु भने लाभान्बित हुनेछन्। बैंकबाट वायर ट्रान्सफर गरेर वा डेविट / क्रेडिट कार्डमार्फत पनि सेयर खरिद गरेको रकम तिर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ