arrow

नेपाल इन्भेष्टमेण्ट बैंकलाई युरोमनी एक्सिलेन्स अवार्ड

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
NIBL-NEPAL-BEST-BANK-2018.jpg

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले युरोमनी एक्सिलेन्स उत्कृष्ट बैंक नेपाल २०१८ अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा आयोजित एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहमा  उक्त अवार्ड बैंकका निर्देशक भुवनेश्वर प्रसाद शाहलाई प्रदान गरेको छ । 

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तीय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि मात्र प्रदान  गर्ने गरिन्छ । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।

पाँच पटक 'बैंक अफ द इयर' प्राप्त गरिसकेको बैंकले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ट सेवा विस्तार, ग्राहक सेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको बैंकद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ