arrow

भूमिमा अधिकार पाएपछि महिलाहरुको क्षमतामा बुद्धि 

logo
   जीवन शर्मा,
प्रकाशित २०७५ साउन ४ शुक्रबार
women-right.jpg

ओखलढुंगा । भूमिमा अधिकार पाएसंगै ओखलढुंगाका महिलाहरुको क्षमतामा बुद्धिभएको छ । सामुदायिक आत्मा निर्भर केन्द्र ओखलढुंगाले विगत ३ बर्षदेखि महिला पुरुष सगोल नामा काय गराउने अभियान चलाएर संयुक्त जुर्जा कायम गराएसंगै उनीहरुको क्षमतामा बृद्धि भएको हो । महिलाहरुलाई संयुक्त लालपुर्जा कायम गराएपछि महिलाको जीवनस्तरमा समेत सुधार आएको सामूदायिक आत्मा निर्भर केन्द्र ओखलढुंगाकी सदस्य सरस्वती कट्वालले बताइन । 

ओखलढुंगामा भूमिहिन सुकुम्बासीको संख्या ३ जना मात्र पत्ता लागेको छ  ।  जिल्लाभरमा हालसम्म ६ सय ९० जोडिले संयुक्त पुर्जा बनाएको जिल्ला मालपोत कार्यालयको तथयंकमा उल्लेख छ । संयुक्त पुर्जा बनाएपछि पिडित महिलाहरुलाइ हेरिने दृष्टिकोण फेरिएको र घर परिवारमा समेत खुसी छाएको  मोलुङ गाउपालिका १ कुन्तादेवीकी कालिकादेवी कार्कीले बताइन् । 

एकल पुर्जा बाट संयुक्त पुर्जा कायम गराएपछि  श्रीमान श्रीमती विच देखिएको असमझदारीलाइ हटाइ परिवारमा कर्तव्यबोध बढाउनुका साथै घर व्यवहार समेत राम्रो हुने उनको भनाइ छ । 

धेरै पुरुष दाजुभाइहरुले जमीनमा महिलाहरुको स्वामित्व कायम गराउन राजी भएसंगै महिला हिंसामा कमी आउने मात्र नभइ पारिवारीक समस्या आइपरेको खण्डमा महिलाहरुले सोही लालपुर्जामा कायम भएको जग्गालाइ आफ्नो ज्यूने आधार ठानेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ