arrow

बैंकमा इसीसी मेसिन नहुँदा सेवाग्राही मर्कामा

logo
एल बि मगर,
प्रकाशित २०७५ साउन ४ शुक्रबार
bank-banijya.jpeg

रोल्पा । रोल्पाको रुन्टिगढि गाउँपालिका होलेरी बजारमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा इसीसी( इलेक्ट्रोनिक चेक क्लियरनेन्स) मेसिन नहुदा महिनौ देखी सेवाग्राहीहरु मर्कामा परिरहेका छन् ।

 शाखा स्थापना भएको ४ बर्ष बितिसक्दा पनि बैंकमा इसीसी मेसिन नहुदा अन्तर बैन्किङ कारोबारका लागी सेवाग्राहीहरु सदरमुकाम लिवाङ र  छिमेकी जिल्ला दाङ जान बाध्य भएका छन । गाउँपालिकाको बैंक खाता नेपाल बैंक लिवाङमा रहेको हुदा गाउँपालिकाको कार्यालयले उपभोक्ता समितिहरुलाई  योजना फर्च्योट गरि रकम भुक्तानी दिदा नेपाल बैंकको चेक दिने गरेको र स्थानीय तहमा रहेको बाणिज्य बैंकले चेक नसाटदा चेक साट्न उपभोक्ताहरु लिवाङ वा दाङ जानु पर्ने र खर्चिलो बैंक सेवा लिनुपर्ने  बाध्यता रहेको  स्थानीयले गुनासो गरेका छन् ।

 सेवाग्राहीका समस्याका बारेमा बैंकलाई पटकपटक जानकारी गराउदा पनि सुनुवाइ नभएको गुनासो गाउँपालिकाको रहेको छ । यता बैंकका उप शाखा प्रबन्धक मन बहादुर बुढाले भने बैंकमा इसीसी मेसिन आएको महिनौं भएको भए पनि मेसिन जडानका लागि केन्द्रीय कार्यालयबाट प्राबिधिक नआउँदा मेसिन जडान नभएकोले सेवाग्राहीलाई सेवा दिन नसकिएको बताए  । उनले  केन्द्रीय कार्यालयलाई प्राबिधिक पठाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताए ।  

सरकारले स्थानीय तहमा सिंहदरबारको नारा दिय पनि एउटा मेसिन जडानका लागि महिनौंसम्म केन्द्रबाट प्राबिधिक पठाउन नसक्नु र बर्षौदेखी सेवाग्राहीहरु अन्तर बैन्किङ सेवा बाट बन्चित हुनु पर्दा रोल्पालीलाई संघीयताको नारा नारा मात्रै हो कि जस्तो लाग्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ